― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest newsयुट्युबमा ओएसआर डिजिटलका सब्सक्राइबर करोड पुगे – KhabarHost

युट्युबमा ओएसआर डिजिटलका सब्सक्राइबर करोड पुगे – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ओएसआर डिजिटल युट्युब च्यानलको सब्सक्राइबर संख्या १ करोड नाघेको छ भने प्रबन्ध निर्देशक ओम अग्रवालले २५ वर्षको यात्राको उपज भने।
  • अग्रवालले दर्शक, कलाकार, संगीतकर्मी र टिमप्रति आभार व्यक्त गर्दै गुणस्तरीय सामग्री र नयाँ योजनाका साथ अघि बढ्ने बताए।
  • ओएसआर डिजिटलले नेपाली चलचित्र, संगीत र वेब सामग्री सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना अघि बढाएको छ।

काठमाडौं । चलचित्र, टेलिभिजन र संगीत क्षेत्रमा चर्चित मानिने ओएसआर डिजिटल युट्युब च्यानलको सब्सक्राइब संख्या १ करोड नाघेको छ ।

यस उपलब्धिलाई संस्थाको २५ वर्ष लामो यात्रा, निरन्तरता र दर्शकको विश्वासको उपजका रूपमा लिइएको प्रबन्ध निर्देशक ओम अग्रवालले बताए ।

यस अवसरमा दर्शक, कलाकार, संगीतकर्मी र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा अझ गुणस्तरीय सामग्री र नयाँ योजनाका साथ अघि बढ्ने बताए ।

अग्रवालका अनुसार भीसीडी र डीभीडीबाट सुरु भएको मनोरञ्जन यात्रा युट्युबमा आएको यो चरणसम्म पुग्न धेरै चुनौतीका बाबजुद प्रेरणादायी बन्न सफल रह्यो ।

‘तपाईंहरूले हेरेको हरेक भ्यूज , लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो’ अग्रवालले भने, ‘दर्शकको साथले यस सपनालाई आज यति ठूलो परिवार बनाइदिएको छ ।’

ओएसआर डिजिटलले नेपाली चलचित्र, संगीत, वेब-सामग्री र मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्दै आएको छ । यो च्यानलले फिल्म र संगीत उत्पादन र निर्माणमा पनि लगानी गर्दै आएको छ ।

च्यानलले अब अन्तर्राष्ट्रिय स्तरमा सामग्री विस्तार गर्ने योजना समेत अघि बढाएको प्रेषित विवरणमा उल्लेख छ । ओएसआर डिजिटलको अर्को च्यानल ओएसआर रियालिटी र ओएसआर मूभिज पनि सक्रिय छन् । यी दुवै च्यानलमा २ मिलियन बढी सब्स्क्राइबर छन् ।

१ करोड सब्सक्राइबर पाउने ओएसआर नेपालको पहिलो च्यानल भने होइन, यसअघि केही नेपाली कन्टेन्ट क्रिएटर र कम्पनीले बनाएका च्यानलले यो उपलब्धि हासिल गरिसकेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More