― Advertisement ―

तपाईंसँग थप 10 दिनहरू मात्र छन् सर्फशार्कको उत्कृष्ट योजना छुटको मूल्यमा प्राप्त गर्न थप ३ महिना थपिएको छ — दावी गर्ने तरिका यहाँ छ

Surfshark को एक योजना अझै पनि छुट छ, तर यदि तपाईं आफैलाई सदस्यता लिन जाँदै हुनुहुन्छ भने तपाईंको समय सकिएको छ।यो Always सिफारिस गर्नुभयो।...
HomeLatest news१६ विधामा मनोनित हुँदै ‘सिनर्स’ ले रच्यो अस्कर अवार्डमा कीर्तिमान

१६ विधामा मनोनित हुँदै ‘सिनर्स’ ले रच्यो अस्कर अवार्डमा कीर्तिमान


राष्ट्रिय

समाचार.

  • फिल्म ‘सिनर्स’ ले १६ विधामा मनोनयन पाउँदै इतिहासमै सबैभन्दा धेरै मनोनयन पाउने चलचित्रको कीर्तिमान कायम गरेको छ।
  • रायन कुग्लरले ‘सिनर्स’ मार्फत पहिलो पटक अस्करमा उत्कृष्ट निर्देशक र पटकथा विधामा मनोनयन पाएका छन्।
  • माइकल बी. जोर्डन, उन्मी मोसाकु र डेलरोय लिन्डोले पहिलो पटक अस्कर मनोनयन प्राप्त गरेका छन्।

लस एन्जलस । फिल्म ‘सिनर्स’ को सफलताको यात्रा अझै रोकिएको छैन । रायन कुग्लरद्वारा निर्देशित यो ड्रामाले १६ विधामा मनोनित हुँदै इतिहासमै सबैभन्दा धेरै मनोनयन पाउने चलचित्रको कीर्तिमान कायम गरेको छ ।

यसअघि सन् १९५० को ‘अल अबाउट इभ’, १९९७ को ‘टाइटानिक’ र २०१६ को ‘ला ला ल्यान्ड’ ले १४-१४ विधामा मनोनयन पाएर बनाएको कीर्तिमानलाई यसले उछिनेको छ ।

अप्रिलमा प्रदर्शनमा आएको ‘सिनर्स’ पछिल्लो १५ वर्षमा अमेरिकाको घरेलु बजारमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । यसअघि सन् २०१० मा क्रिस्टोफर नोलनको चलचित्र ‘इन्सेप्सन’ ले यस्तो कीर्तिमान बनाएको थियो ।

हलमा प्रदर्शन हुनुअघि यसलाई लिएर फिल्म उद्योगमा धेरै शङ्का र विवादहरू थिए । तर, यसले बै शङ्का गर्नेहरूको मुख मात्र थुनेन, बरु उत्तर अमेरिकामा यो वसन्त ऋतुको सबैभन्दा सफल र चर्चित चलचित्र बन्न पुग्यो ।

यो फिल्मले विश्वभरका समीक्षकबाट निकै प्रशंसा पाएको छ । साथै, पर्दामा अभिनय गर्ने कलाकार र पर्दा पछाडि काम गर्ने अनुभवी प्राविधिकका कारण यसले ठूला अवार्ड जित्न सक्ने बलियो सम्भावना सिर्जना गरेको छ ।

एक फिल्म निर्माताको रूपमा रायन कुग्लरको यात्रा निकै उत्कृष्ट छ । उनको पहिलो स्वतन्त्र (इन्डी) चलचित्र ‘फ्रुटभेल स्टेसन’ देखि लिएर पछि आएका ’क्रीड’ र ’ब्ल्याक प्यान्थर’ जस्ता ठूला फ्रेन्चाइजलाई समीक्षक र दर्शक दुवैले उत्तिकै रुचाएका छन् ।

यस पटकको अवार्ड सिजनअघि उनीसँग दुईवटा अस्कर मनोनयनको अनुभव थियो । पहिलो, उत्कृष्ट चलचित्रको लागि मनोनित ‘जुडास एन्ड द ब्ल्याक मसाया’ को निर्माताको रूपमा र दोस्रो, ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ को गीत “लिफ्ट मी अप’ को सह-लेखकको रूपमा ।

यसको अर्थ, ‘सिनर्स’ मार्फत कुग्लरले करियरमै पहिलो पटक अस्करमा उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथा विधामा मनोनयन प्राप्त गरेका छन् ।

यससँगै उनी अस्कर इतिहासमा उत्कृष्ट निर्देशकको विधामा मनोनयन पाउने सातौं अश्वेत फिल्म निर्माता बनेका छन् । उनीभन्दा अघि ७ वर्ष पहिले स्पाइक लीले चलचित्र ‘ब्ल्याकक्ल्यान्सम्यान’ का लागि यो विधामा मनोनयन पाएका थिए ।

यसबीच, माइकल बी. जोर्डनले अन्ततः आफ्नो पहिलो अस्कर मनोनयन प्राप्त गरेका छन् । यो मनोनयन उनका लागि विशेष छ, किनकि उनले यस चलचित्रमा स्मोक र स्ट्याक मोर नामका दुई जुम्ल्याहा पात्रहरूको भूमिका निर्वाह गरेका छन् ।

जोर्डनले १२ वर्षअघि कुग्लरकै चलचित्र ’फ्रुटभेल स्टेसन’ बाट मुख्य अभिनेताको रूपमा आफ्नो यात्रा सुरु गरेका थिए । त्यसैले ’सिनर्स’ को यो सफलता यो जोडीका लागि एउटा सुखद र पूर्ण चक्रजस्तै भएको छ ।

अभिनेत्री उन्मी मोसाकु र अभिनेता डेलरोय लिन्डोका लागि पनि यो पहिलो अस्कर मनोनयन हो । पर्दा पछाडि काम गर्ने केही अनुभवी व्यक्तिहरू पुनः अवार्डको दौडमा छन् ।

यसअघि कुग्लरकै ‘ब्ल्याक प्यान्थर’ चलचित्रबाट अस्कर जितिसकेका कस्ट्युम डिजाइनर रुथ ई. कार्टर र संगीतकार लुडविग गोरान्सन यस पटक पनि मनोनयनमा परेका छन् ।

‘सिनर्स’ लाई उत्कृष्ट मौलिक पटकथा विधाको प्रमुख दाबेदार मानिएको छ र यसले प्राविधिक विधामा पनि कडा प्रतिस्पर्धा गर्ने निश्चित छ । तर, यो चलचित्रका लागि एउटा विशेष विधा निकै रोचक छ, जुन ओस्कारमा बिल्कुलै नयाँ हो- उत्कृष्ट कास्टिङ ।

यस चलचित्रका लागि कलाकारको छनोट गर्ने फ्रान्सिन मेस्लर मनोनयनमा परेकी छिन् । उनले यस चलचित्रमा निकै प्रशंसा बटुलेका नव-कलाकार माइल्स क्याटन लगायतका कलाकारको उत्कृष्ट समूह तयार पारेकी छिन् ।

मेस्लर आफ्नो क्षेत्रकी एक दिग्गज व्यक्तित्व हुन्, जसले एडम म्याके, आरोन सोर्किन, ब्यारी जेन्किन्स र डेनिस भिलेन्युभजस्ता प्रसिद्ध निर्देशकसँग नियमित रूपमा काम गरेकी छिन् ।

यदि एकेडेमीले यो विधा सन् २०२६ भन्दा पहिले नै सुरु गरेको भए, उनी पक्कै पनि पटक-पटक मनोनयनमा पर्ने थिइन् । अन्ततः, अस्करले उनलाई सम्मान गर्ने अवसर पाएको छ ।

अहिले एउटै प्रश्न सबैको मनमा छ- आखिर ‘सिनर्स’ ले अझै कति उचाइ हासिल गर्ला ? आज सार्वजनिक भएको अस्कर मनोनयनको नतिजा हेर्दा, यो चलचित्रले जुनसुकै विधामा पनि अवार्ड जित्न सक्ने देखिन्छ । १६ विधामा मनोनयन पाउनुले यो प्रमाणित गर्छ कि यसलाई कुनै पनि क्षेत्रमा कमजोर आँक्न सकिँदैन ।

यसले ‘बेस्ट पिक्चर’ (उत्कृष्ट चलचित्र) देखि लिएर अभिनय र प्राविधिक विधासम्मका सबै प्रमुख अवार्ड बढार्ने सम्भावना निकै बलियो छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More