― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsतोसिमाले दोहोर्‍याइन्- रविको विकल्पका लागि पुनर्गठनको एजेन्डा उठाएको होइन

तोसिमाले दोहोर्‍याइन्- रविको विकल्पका लागि पुनर्गठनको एजेन्डा उठाएको होइन



८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले आफूले रवि लामिछानेको विकल्पका लागि पार्टी पुनर्गठनको आवाज नउठाएको दोहोर्‍याएकी छिन् ।

शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सञ्जालमा विभिन्न मिथ्या सूचनाहरू प्रवाह भइरहेको भन्दै त्यसलाई विश्वास नगर्न समेत आग्रह गरेकी छिन् ।

‘अहिलेको यथास्थितिमै चलिरहने हो भने चाहेर पनि मेजर पार्टी बन्न सक्दैनौं । रास्वपा ठूलो हृदय लिएर एउटा प्लेटफर्म लिएर अघि बढ्नुपर्छ,’ उनले भनेकी छिन्, ‘कृपया रवि लामिछानेको विकल्प खोजेर यस्तो भनिएको हो भन्ने कसैले नभनौं ।’

उनले वैकल्पिक शक्ति, स्वतन्त्र व्यक्ति, वुद्धिजिवी, नागरिक समाज र जेनजीहरूलाई अटाउनेगरी उदार हुनुपर्ने बताउँदै पदाधिकारी, सचिवालय र केन्द्रीय समिति पुनरावलोकन गर्नुपर्ने बताएकी हुन् ।

पछिल्लो पटक पार्टी पुनर्गठनको एजेन्डा अघि सार्दै आएकी उनले सचिवालय विस्तारमा समेत असन्तुष्टि राखेकी थिइन् ।

‘मैले आफ्नो पेशा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अपनाएर आएको मान्छे हुँ । मैले उठाएको पुनर्गठनको एजेन्डा व्यक्तिविरुद्धको होइन,’ उनले भनेकी छिन्, ‘समग्र रास्वपालाई सुदृढ बनाउन, सबल बनाउन र सक्रिय बनाउनका लागि हो । वैकल्पिक शक्ति, स्वतन्त्र व्यक्ति, वुद्धिजिवी, नागरिक समाज र जेनजीहरूलाई अटाउनेगरी हामी उदार हुनुपर्छ ।’

उनले निरन्तर विभिन्न आरोप लगाएर आफूमाथि आक्रमण नगर्न पार्टी पंक्ति र अन्यलाई आग्रह गरेकी छिन् ।

‘पदाधिकारी, सचिवालय र केन्द्रीय समितिमा पुनरावलोकन, पुनर्गठन गरेर उहाँहरूलाई अटाउने किसिमको हामी ठूलो बन्नुपर्छ,’ उनले भनेकी छिन्, ‘कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दु:ख गरेको छु । गर्नेछु ।’

उनले अब बस्ने पार्टीको विस्तारित बैठकमा विभिन्न तीन बुँदा प्रस्ताव गरेकी छिन् ।

ती हुन् :

१) विस्तारित बैठकमा संठनका साथीहरूको महत्त्वपूर्ण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु ।

२) बैठकमा प्रस्तुत हुने राजनैतिक र सांठनिक प्रतिवेदनमाथि सहभागीहरूले राय राख्ने मात्र होइन प्रतिवेदनहरूलाई स्वीकार्ने/अस्वीकार गर्ने/तोकिएका संसोधनसहित स्वीकार्न पाउने गरी भोटिङ राइट दिइनुपर्छ ।

३) जेनजी आन्दोलनपछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट छैन । हामी उदार हुनुपर्छ । केन्द्रीय सचिवालय, पदाधिकारी, समितिको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ ।





Read More