― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsगण्डकी हिरोजले कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप खेल्ने

गण्डकी हिरोजले कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप खेल्ने


राष्ट्रिय

समाचार.

  • पोखरा एभेन्जर्सको डेभलपमेन्ट टिम गण्डकी हिरोजले झापामा हुने कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट खेल्ने भएको छ।
  • प्रतियोगिता माघ २१ देखि २९ गते (फेब्रुअरी ४ देखि १२) झापा मेची क्याम्पस क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
  • प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुनेछन् र विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन्।

७ माघ, काठमाडौं । पोखरा एभेन्जर्सको डेभलपमेन्ट टिम गण्डकी हिरोजले झापामा आयोजना हुने कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट खेल्ने भएको छ ।

यही माघ २१ देखि २९ गतेसम्म (फेब्रुअरी ४ देखि १२) सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कूल ८ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको खेलहरु झापा मेची क्याम्पस क्रिकेट मैदानमा हुनेछ ।

समूह चरणका खेलहरु फेब्रुखरी ४ देखि १० सम्म हुनेछ । यस्तै सेमिफाइनलका खेलहरु फेब्रुअरी ११ मा हुनेछ भने फाइनल फेब्रुअरी १२ मा हुनेछ ।

भद्रपुर क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितालाई क्रिकेट एसोसिएसन अफ झापाको सहयोग रहनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More