― Advertisement ―

HomeLatest newsनिफ्राको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी – KhabarHost

निफ्राको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीको खुद नाफा ३६.१५ प्रतिशत घटेको छ र खुद ब्याज आम्दानी २९ प्रतिशतले कम भएको छ।
  • बैंकको सीडी रेसियो ६९.५८ रहेको छ जसले थप कर्जा लगानीका लागि पर्याप्त रकम रहेको संकेत गर्दछ।

७ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३६.१५ प्रतिशत घटेको छ । कम्पनीले चालु आवको ६ महिनजामा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा कम्पनीको नाफा ६४ करोड १९ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी नै घटेपछि नाफामा प्रभाव परेको हो । कम्पनीको खुद ब्याज आम्दानी २९ प्रतिशत घटेको छ । पहिले यस्तो आम्दानी १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा अहिले ७४ करोडमा खुम्चिएको छ ।

पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३४ करोड ७८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८० पैसा छ । पहिले यस्तो आम्दानी ५ रुपैयाँ त्यस्तै प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा छ ।

बैंकको सीडी रेसियो ६९.५८ मात्रै छ । जसले थप कर्जा लगानीका लागि बैंकसँग पर्याप्त रकम रहेको संकेत गर्दछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More