― Advertisement ―

Amnezia VPN ले 20 प्रिमियम सर्भर स्थानहरू पुनर्स्थापना गर्दछ र साइबर आक्रमणहरू पछ्याउने प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति दिन्छ

PN2r0 प्रि-अम्नेजियाको लागि पहुँच पुर्‍याउने स्थान प्रयोगकर्ताहरूप्रदायकले पनि सक्रिय रूपमा प्रिमियम सदस्यहरूलाई क्षतिपूर्ति जारी गर्दैछयो संदिग्ध राज्य-प्रायोजित DDoS आक्रमणहरूको बीचमा एक प्रमुख अपडेट पछ्याउँछसेन्सर...
HomeLatest newsसुदूरपश्चिममा १६ सिटका लागि २१० जनाको उम्मेदवारी – KhabarHost

सुदूरपश्चिममा १६ सिटका लागि २१० जनाको उम्मेदवारी – KhabarHost



७ माघ, महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिए ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं. १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More