― Advertisement ―

कामदारहरूले गोप्य रूपमा प्रतिबन्धित एआई उपकरणहरू काममा प्रयोग गर्छन् जबकि कम्पनी नीतिहरूले उनीहरूको बढ्दो दैनिक प्रयोगलाई स्पष्ट रूपमा निषेध गर्दछ।

कम्पनीका धेरै कर्मचारीहरूले गोप्य रूपमा उपकरण प्रयोग गर्छन्। प्रतिबन्धहरूकर्मचारीहरूले कहिलेकाहीँ AI प्रयोग लुकाउन आफ्नो व्यक्तिगत यन्त्रहरू प्रयोग गर्छन्ठूला संस्थाहरूले उच्च स्तरको अनाधिकृत AI प्रयोगको...
HomeLatest newsकांग्रेसमा १०६ जना नयाँ उम्मेदवार – KhabarHost

कांग्रेसमा १०६ जना नयाँ उम्मेदवार – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।
  • उम्मेदवारमध्ये १०६ जना अर्थात् ६४ प्रतिशत नयाँ उम्मेदवार रहेको प्रवक्ता देवराज चालिसेले बताए।
  • सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु मुलुकको कार्यकारीले तराई प्रतिनिधित्व गर्नुपर्छ भन्ने सन्देश भएको छ।

६ माघ, काठमाडौ । नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

उम्मेदवार मध्ये १०६ जना अर्थात् ६४ प्रतिशत उम्मेदवार नयाँ रहेको प्रवक्ता देवराज चालिसेले बताए । ‘पार्टी बदलिएको सन्देश हामीले उम्मेदवार चयन मार्फत दिएका छौं,’ उनले भने, ‘उम्मेदवारी चयनमा समावेशीता र युवालाई ध्यान दिएका छौं ।’

सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु पनि सन्देश नै भएको उनको भनाइ छ ।

‘मुलुकको कार्यकारीले तराई प्रतिनिधित्व गर्नुपर्छ भन्ने हिसाबले पार्टी सभापतिलाई सर्लाही लगेका हौं,’ चालिसेले भने ।





Read More