― Advertisement ―

Nvidia ईन्जिनियरहरूले कथित रूपमा AI मद्दतको साथ तीन गुणा बढी कोड मन्थन गर्छन्, तर उद्योग पर्यवेक्षकहरूले चेतावनी दिन्छ कि लाइनहरू बराबर मान्दैनन्।

कर्सरले Nvidia ईन्जिनियरहरू भन्दा तीन गुणा बढी कोड रिपोर्ट गर्छ अघिNvidia ले आउटपुटमा रिपोर्ट गरिएको बृद्धिको बावजुद दोष दरहरू समान रह्यो भन्ने कुरा राख्छAI-सहयोगी...
HomeLatest newsसांसद् बन्न दल बदल, प्रवेश गरेकै दिन टिकट – KhabarHost

सांसद् बन्न दल बदल, प्रवेश गरेकै दिन टिकट – KhabarHost



६ माघ, काठमाडौं । रौतहत-१ मा नेपाली कांग्रेसबाट अनिलकुमार झाले उम्मेदवारी दिएका छन् । उनको पहिचान भने मधेशवादी दलका नेताको छ ।

हुन पनि ६ माघ बिहानसम्म उनी नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए । दिउँसो कांग्रेससँग सहमति गरेर उम्मेदवारी दर्ता गरे ।

२०५६ मा सद्भावना पार्टीको सहमहासचिव बनेका उनी संघीय सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), लोकतान्त्रिक समाजवादी (लोसपा) हुँदै एमालेका पुगेका हुन ।

नेकपा (एमाले)का अम्बिरबाबु गुरुङ पार्टीले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सम्पर्कमा पुगे । नेकपाका तर्फबाट निर्वाचन क्षेत्रमा खटिएका नेता देव गुरुङले अम्बिरबाबुलाई ओखलढुंगाबाट टिकट दिलाए ।

एमालेका पूर्व सांसद बृजेशकुमार गुप्ताले पार्टी छाडेका छन् । पार्टी छाडेर उनले नेकपाको चुनाव चिह्न तारा लिएर कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

२०५६ सालमा उनी राप्रपाबाट सांसद निर्वाचित भएका थिए । २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट संविधान सभा सदस्य बने । २०७४ मा एमालेबाट सांसद बने । २०७९ मा उम्मेदवारी दिएका उनले चुनाव जितेनन् ।

जनता समाजउवादी पार्टी, (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य आत्मराम साहले मंगलबार आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकै दिन बारा–२ को टिकट पाए ।

संविधान सभा सदस्य रहिसकेका आत्मराम प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ताकै दिन उपेन्द्र यादव नेतृत्वको पार्टी छाडेर प्रभु साह अध्यक्ष रहेको आजपामा प्रवेश गरेका हुन् ।

उम्मेदवार बन्नकै लागि आत्मरामले दल बदलेको बुझ्न गाह्रो छैन । २१ फागुनका लागि निर्वाचन मिति घोषणा भएयता टिकट पाउनका लागि अर्को दल रोजेका नेताहरूको सूची लामो छ ।

तीन हप्तामा दुई पार्टी प्रवेश

जसपा नेपालका अर्का नेता तथा पूर्वमन्त्री प्रदिप यादव शनिबार एमाले प्रवेश गरेका छन् । उनी पनि पर्सा–१ मा टिकट पक्का गरेर एमालेमा गएका हुन् ।

रोचक के छ भने प्रदीप जसपा नेपालमा प्रवेश गरेको तीन हप्तामै उनले पार्टी छाडेका हुन । उनी गत पुस दोस्रो साता मात्र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) छाडेर जसपा नेपाल प्रवेश गरेका थिए ।

राईको जसपाका अर्का नेता डा. वीरेन्द्र महतो टिकटकै लागि जनमत पार्टीमा गएका छन् । जनमत पार्टीमा आए लगत्तै अध्यक्ष डा. सीके राउतले डा. महतोलाई सिराहा–४ बाट चुनाव लड्न टिकट दिए ।

महतो २०७९ सालमा सिराहा–४ बाटै विजयी भएका थिए । २०६५ सालमा उपेन्द्र यादव नेतृत्वको जसपामा आवद्ध महतो २०७० मा समानुपातिक सांसद बनेका थिए ।

जसपाकै महासचिव मोहम्मद इस्तियाक राई पनि चुनावको मुखमा जसपा छाड्ने अर्का नेता हुन । एमालेमा प्रवेश गरेका इस्तियाकले बाँकेबाट उम्मेदवारी दिएका छन् ।

२०५३ मा राप्रपामा लागेका इश्तियाक २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम प्रवेश गरे । २०६४ सालको संविधान सभामा बाँके २ बाट निर्वाचित भएका थिए ।

२०७४ को संसदीय निर्वाचन जितेका इश्तियाक २०७९ मा राप्रपाका डा. धवलशमशेर राणासँग पराजित भएका थिए ।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमारसिंह यादव पनि दल बदलेर उम्मेदवार बनेका छन् । २०७९ मा जनमतबाट प्रदेश सभा सदस्य जितेर मुख्यमन्त्री बनेका उनले यसपटक स्वाभिमान पार्टीबाट चुनाव लड्दैछन् । उनले सप्तरी–२ बाट उम्मेदवारी दिएका छन् ।

२०७४ मा राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष बनेका उनी २०७९ भदौमा जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश लगत्तै सप्तरी २(१) बाट प्रदेशसभा सदस्य बने ।

नेकपा (माओवादी केन्द्र)बाट २०७९ मा मधेश प्रदेश सभा सदस्य बनेका रहबर अन्सारीले पनि पार्टी बदलेका छन् । यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने भएका छन् ।

पूर्वमन्त्री तथा कांग्रेस नेता वीरेन्द्रकुमार कनौडियाले पनि दल बदलेका छन् । एमाले प्रवेश गरेका उनले कपिलवस्तु –३ बाट उम्मेदवारी दिएका छन् ।

२०७४ मा कनौडियाले कपिलवस्तु–३ को प्रदेशसभा (ख) बाट चुनाव जितेका थिए । २०७९ सालको निर्वाचनमा भने उनले सोही क्षेत्रमा हारे ।

निवर्तमान सांसद डा. अमरेशकुमार सिंह चुनावको मुखमा रास्वपा प्रवेश गरेका छन् । लामो समयदेखि कांग्रेसमा रहेर राजनीति गरेका अमरेशलाई २०७९ सालको निर्वाचनमा पार्टीले टिकट दिएन । त्यसपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते ।

२०६३ सालमा कांग्रेसबाट अन्तरिम व्यवस्थापिका संसद सदस्य रहेका उनी २०७० मा सर्लाहीबाट प्रत्यक्ष निर्वाचन जिते । २०७४ सालमा सर्लाही ४ बाट प्रत्यक्ष चुनाव जिते ।

राप्रपाका प्रदेश सांसद् सुनिल केसी रास्वपाबाट उम्मेदवार बनेका छन् । केसीले २०७९ मा राप्रपाबाट बागमती प्रदेश सभा सदस्यको चुनाव जितेका थिए ।

काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) बाट चुनाव जितेका केसी कार्यकाल पुरा नगरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हुन ।

मनोनयनकै दिन पार्टी परिवर्तन गर्ने अर्का नेता हुन्, किरणकुमार साह । २०७९ को चुनावमा उनले स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए ।

एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाह नेतृत्वको टिमलाई समर्थन गर्दै चुनाव लडेका साह चुनाव जितेपछि एमालेमा प्रवेश गरे । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समन्वय समितिको सभापति भए ।

यसपटक उनी एमालेबाटै चुनाव लड्न चाहन्थे । पार्टीले टिकट नदिएपछि नेकपा प्रवेश गरेर रौतहट–२ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More