राष्ट्रिय
समाचार.
- नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट दीपबहादुर शाहीलाई टिकट दिएको छ।
- कांग्रेस संसदीय बोर्डको सोमबारको बैठकले दीपबहादुर शाहीलाई टिकट दिने निर्णय गरेको छ।
- पहिले कर्णबहादुर शाही र कान्तिका सेजुवालमध्ये एकलाई टिकट दिने चर्चा थियो, तर पछिल्लो परिस्थितिमा दीपबहादुर शाही चयन भएका हुन्।
५ माघ, जुम्ला । नेपाली कांग्रेसले जुम्लाका लागि दीपबहादुर शाहीलाई टिकट दिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि शाहीले टिकट पाएका हुन् । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो ।
शाही प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा चयन भएको नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले जानकारी दिए ।
उनका अनुसार यसअघि जिल्ला सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालमध्ये एकले टिकट पाउने चर्चा थियो ।
तर, कांग्रेस पार्टीको पछिल्लो विकसित परिस्थितिपछि जुम्लाका पूर्वसभापति दीपबहादुर शाहीलाई चयन गरेको अर्का सचिव लक्ष्मण शाहीले जानकारी दिए ।
यसअघि नेपाली कांग्रेस जुम्लाले कर्णबहादुर शाही, कान्तिका सेजुवाल, खड्ग सेजुवाल र पूर्ण आचार्यलाई सिफारिस गरेको थियो । चारैजना आकांक्षी देउवा पक्षका थिए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

