― Advertisement ―

सबै 28TB बाह्य हार्ड ड्राइभहरू कहाँ छन्? Seagate विस्तार ड्राइवहरू गायब

Seagate ले बजारमा सबैभन्दा ठूलो बाह्य हार्ड डिस्क ड्राइभ उत्पादन गर्छ, विस्तार वा STKP28000400, एउटा 28TB behemoth। तपाईं यसलाई किन्न सक्नुहुन्न, यद्यपि हाइपरस्केलर र...
HomeLatest newsअछाम-१ मा एमालेले फेर्‍यो उम्मेदवार, प्रलोपा छाडेका साउद बने एमाले उम्मेदवार

अछाम-१ मा एमालेले फेर्‍यो उम्मेदवार, प्रलोपा छाडेका साउद बने एमाले उम्मेदवार



५ माघ, धनगढी । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार परिवर्तन गरेको छ । शनिबारको सचिवालय बैठकले अछाम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर अहिले भने उनको सट्टा दिपक साउदलाई टिकट दिइएको एमालेले जनाएको छ । तत्कालीन नेकपा माओवादीका नेता रहेका साउद जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय सदस्य बनेका थिए ।

प्रलोपाको केन्द्रीय सदस्य रहेकै अवस्थामा एमालेले उनलाई उम्मेदवार बनाएको हो । स्रोतकाअनुसार एमालेले सचिवालयबाट टुङ्गाएका उम्मेदवार बोहराकै समर्थनमा उनलाई एमालेले अघि सारेको हो ।

यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट भीम रावल उम्मेदवार बन्दैछन् । रावल एमालेमै भएका बेला २०७९ सालको निर्वाचनमा भने एमालेबाट झपट बोहराले टिकट पाएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More