― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsराष्ट्रिय लिगमा एनआरटीको पहिलो जित – KhabarHost

राष्ट्रिय लिगमा एनआरटीको पहिलो जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • न्युरोड टिमले राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ।
  • एनआरटीका लागि विज्ञान खड्काले दुई र टिमोथी ओकेरेकले एक गोल गरे भने सातदोबाटोका फोडे फोफानाले एक गोल फर्काए।
  • लिगमा कास्कीको लालिगुराँस एसोसिएसनले बाराको नव जन जागृति युवा क्लबलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

५ माघ, काठमाडौं । न्युरोड टिम (एनआरटी) ले राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।

एनआरटीको जितमा विज्ञान खड्काले दुई तथा टिमोथी ओकेरेकले एक गोल गरे । सातदोबाटोका लागि फोडे फोफानाले एक गोल फर्काए । यसअघि एनआरटी पहिलो खेलमा मछिन्द्र एफसीसँग पराजित भएको थियो ।

लिगमा पहिलो हार बेहोरेको सातदोबाट दुई खेलसम्म जितविहिन छ । पहिलो खेलमा सातदोबाटोले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

विज्ञानले सातौं मिनेटमै गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए भने टिमोथीले १७औं मिनेटमा अग्रता दोब्बर पारे । ३२औं मिनेटमा सातदोबाटोका फोडे फोफानाले गोल गर्दै खेलमा फर्काउने कोसिस गरेका थिए ।

तर त्यसपछि सातदोबाटोले थप गोल गर्न सकेन भने एनआरटीका लागि विज्ञानले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

लिगमा आजै साँझ साढे ६ बजे मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आज भएको पहिलो खेलमा कास्कीको लालिगुराँस एसोसिएसनले बाराको नव जन जागृति युवा क्लबलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More