― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsदीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा निर्वाचित

दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा निर्वाचित


राष्ट्रिय

समाचार.

  • ओलम्पियन दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।
  • नेपाल ओलम्पियन संघका अध्यक्ष विष्ट पहिलो पटक डब्लुओएको कार्यसमितिमा निर्वाचित भएका हुन्।
  • नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले विष्टको निर्वाचनलाई नेपाली खेलकुदका लागि गर्वको विषय भनेका छन्।

५ माघ, काठमाडौं । ओलम्पियन दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।

नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्ष समेत रहेका विष्ट पहिलो पटक डब्लुओएको कार्यसमितिमा निर्वाचित भएका हुन् ।

डब्लुओएको अनलाइन माध्यमबाट सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। निर्वाचनमार्फत स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक तथा चार पटक विश्व च्याम्पियन पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित भएकी छन्।

नेपाल ओलिम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै विष्टको निर्वाचनलाई सम्पूर्ण नेपाली खेलकुद क्षेत्रका लागि गर्वको विषय भएको बताएका छन्।

उनका अनुसार यो उपलब्धिले नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय तहमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More