― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsयी हुन् ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार (सूचीसहित)

यी हुन् ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार (सूचीसहित)



४ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको विवरण अनुसार ५७ निर्वाचन चिन्हमा ६३ वटा राजनीतिक दलबाट ३ हजार २ सय १३ जनाको नाम सार्वजनिक गरिएको हो ।

दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए । उक्त सूची आज सार्वजनिक भएको छ ।  निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ ।

प्रत्यक्ष तर्फको मनोनयन भने आगामी मंगलबार हुँदैछ ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More