― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsएमालेले फेर्‍यो सिन्धुपाल्चोक १ को उम्मेदवार, शेर्पाको सट्टा श्रेष्ठलाई टिकट

एमालेले फेर्‍यो सिन्धुपाल्चोक १ को उम्मेदवार, शेर्पाको सट्टा श्रेष्ठलाई टिकट


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले सिन्धुपाल्चोक १ मा पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो, तर २४ घण्टा नबित्दै निर्णय फेरिएको हो।
  • एमालेले सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय यथावत राखेको छ।

४ माघ, काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ ।

एमालेले पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । २४ घण्टा नबित्दै सो निर्णय फेरिएको हो ।

एमालेले सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय यथावत छ ।





Read More