― Advertisement ―

Nvidia ईन्जिनियरहरूले कथित रूपमा AI मद्दतको साथ तीन गुणा बढी कोड मन्थन गर्छन्, तर उद्योग पर्यवेक्षकहरूले चेतावनी दिन्छ कि लाइनहरू बराबर मान्दैनन्।

कर्सरले Nvidia ईन्जिनियरहरू भन्दा तीन गुणा बढी कोड रिपोर्ट गर्छ अघिNvidia ले आउटपुटमा रिपोर्ट गरिएको बृद्धिको बावजुद दोष दरहरू समान रह्यो भन्ने कुरा राख्छAI-सहयोगी...
HomeLatest newsतिललाई पहाड नबनाए हुन्छ – KhabarHost

तिललाई पहाड नबनाए हुन्छ – KhabarHost


फाइल तस्वीर



४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले कांग्रेसका सबै पक्षसँग एकताबद्ध भएर अघि बढने बताएका छन् ।

आइतबार वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले आयोजना गरेको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता गुरुङले भेलामा सहभागी भएका सबै नेता, कार्यकर्ताहरूले पनि कांग्रेसका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखेको बताए ।

उनले कांग्रेस एउटा घर भएको उल्लेख गर्दै परिवारका सदस्यहरूबीच झगडा हुने कुरालाई आफूले सामान्य रूपमा लिनुपर्ने बताए ।

नेता गुरुङले शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको बताए ।

‘नयाँ परिस्थितिमा साथीहरूको कुरा सुन्नका लागि यहाँ भेला भएका हौं । देशभरिका साथीहरू आउनु भएको छ । त्यसकारण अहिले साथीहरूको कुरा सुन्ने, उहाँहरूको मनको कुरा बुझ्ने काम भएको छ । कुनै पनि निर्णय गर्न यहाँ भेला भएको होइन । तर कांग्रेस मिलेर अघि बढनुपर्छ भन्ने साथीहरूको कुरा आएको छ । र, हामी सबैको एउटै कुरा  हो–मिलेरै अघि बढने हो ।’

उनले अगाडि भने, ‘कांग्रेस भनेको एउटा घर हो । एउटा परिवार हौं हामी । त्यसकारणले गर्दा परिवारमा कहिलेकाहीँ झगडा हुन्छ, को अगाडि बस्ने, को पछाडि बन्ने भन्ने सामान्य विषय हो यो । त्यसरकारण अहिलेको विषयलाई त्यतिधेरै तिललाई पहाड बनाएर लिनुपर्छ भन्ने होइन । यसलाई सामान्य रूपमा नै ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’

नेता गुरुङले कांग्रेभित्रको विषयमा तिललाई पहाड बनाएजस्तो नगर्न पनि सबैलाई आग्रह गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More