― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
HomeLatest newsभरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. ढुण्डीराज पौडेल

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. ढुण्डीराज पौडेल


राष्ट्रिय

समाचार.

  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्।

४ माघ, काठमाडौं । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । शुक्रबारको मन्त्रीस्तरीय निणर्यअनुसार डा. पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो ।

डा. पौडेल नाक, कान र घाँटीसम्बन्धी अनुभवी चिकित्सकका रूपमा चिनिन्छन् । डा. पौडेलले २०५९ सालमा एमएस (सर्जरी) पूरा गरेपछि भरतपुर अस्पतालमै लामो समय सेवा गरेका थिए ।

भरतपुर अस्पताललाई शल्यक्रियाको क्षेत्रमा अझ सुदृढ बनाउने, सेवाको गुणस्तर वृद्धि गर्ने तथा भविष्यमा स्नातकोत्तर (पोस्ट–ग्रेजुएसन) अध्ययनका लागि योग्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको डा. पौडेलले बताए ।

‘यो अस्पतालमा मेरो पुरानो सम्बन्ध छ’ नियुक्तिपछि डा. पौडेलले भने, ‘यहाँ शल्यक्रिया सेवालाई थप विस्तार गर्नु आवश्यक छ । दृष्टि सेवाको पनि वृद्धि गर्न सकिन्छ र भविष्यमा पोस्टग्रेजुएट तहको अध्ययन÷तालिम सुरु गर्ने सम्भावना बोकेको छ ।’

यो जिम्मेवारी चुनौतीपूर्ण भएपनि यसलाई आफूले अवसरको रूपमा लिएर सदुपयोग गर्ने उनले बताए ।

यसअघि अस्पतालको विकास समितिको अध्यक्ष राजु पौडेल थिए। उनको कार्यकाल पुस ७ गते सकिएको थियो।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More