― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeगायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार

गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार



७ कात्तिक, काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाइ गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै गणेशले आफू जाहेरी लिएर सिंहदरबार वृत्तमा पुगेको बताए ।

‘म जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेको छु । अब जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्छ,’ उनले अनलाइनखबरसँग भने ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।

गायिका नितु पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताइन्छ ।

यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।





Read More