― Advertisement ―

यो उत्कृष्ट मूल्य Chromebook मा काम र दैनिक प्रयोगका लागि $250 मुनिका लागि आवश्यक पर्ने सबै कुराहरू छन्

Chromebooks ले पूर्ण रूपमा विकसित विन्डोज वा macOS ल्यापटप नचाहिने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट मूल्य प्रदान गर्दछ। तिनीहरू पोर्टेबल छन्, प्रयोग गर्न सरल छन्, र...
Homeलिग टु को तयारीमा नेपाली क्रिकेट टोली (तस्वीरहरु) – KhabarHost

लिग टु को तयारीमा नेपाली क्रिकेट टोली (तस्वीरहरु) – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली क्रिकेट टोलीले आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटको विजेता भएर सिधै युएईमा क्रिकेट विश्वकप लिग टु को तयारी गरिरहेको छ।
  • लिग टु मा नेपालले कात्तिक ९ गते अमेरिकासँग पहिलो खेल खेल्नेछ र कात्तिक १९ गते अमेरिकासँग अन्तिम खेल खेल्नेछ।
  • लिग टु का शीर्ष चार टोलीले सन् २०१७ को वान डे विश्वकप छनोटमा स्थान बनाउनेछन् भने पूछारका चार टोलीले २०२७ को क्वालिफायर प्लेअफ खेल्नेछन्।

७ कात्तिक, काठमाडौं । ओमानमा भएको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटको विजेता बन्दै टी२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोली क्रिकेट विश्वकप लिग टु (सीडब्लुसी-लिग टु) का लागि हाल युएईमा छ ।

तेस्रो पटक टी२० विश्वकपमा छनोट भएपछि नेपाली टोली ओमानबाट सिधै युएई गएको थियो । नेपालीहरु तिहारमा झुमेपनि क्रिकेट खेलाडीहरु भने लिग टु को तयारीका लागि नेपाल नआई सिधै युएई गएको हो ।

एकदिवसीय विश्वकप छनोटको आधारको रुपमा रहेको नेपालले द्लिग टु को आफ्नो चौथो सिरिज खेल्न लागेको हो । जहाँ नेपालसँगै, युएई र अमेरिकाले प्रतिस्पर्धा गर्नेछ ।

यही कात्तिक ९ देखि १९ गते (अक्टोबर २६-नोभेम्बर ५) सम्म हुने लिग टु को यस सिरिजमा हरेक टिमले एक आपसमा दुई-दुई खेल खेल्नेछ ।

त्यसैका लागि नेपाली टोली तयारीमा व्यस्त छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको फोटोमा खेलाडीहरु ह्याप्पी मुडमा तयारी गरिरहेका छन् ।

लिग टु मा नेपालले कात्तिक ९ गते  अमेरिकासँग पहिलो खेल खेल्नेछ । यस्तै कात्तिक ११ गते युए२सँग खेल्नेछ । त्यसपछि कात्तक १५ गते अमेरिका र कात्तिक १९ गते अमेरिकासँग खेल्नेछ ।

लिग टु मा कूल ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । जहाँ स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा छ । २० खेल खेलेको अमेरिका २८ अंकसहित दोस्रोमा छ । २४ खेल खेलिसकेको नेदरल्याण्ड्स २८ अंक नै भएपनि नेटरनरेटका आधारमा तेस्रोमा छ । ओमान २० खेलबाट २४ अंक जोडेर चौथो, क्यानडा २४ खेलबाट २१ अंकसहित पाँचौ र नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौं स्थानमा छ ।

नेपाले १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ भने नेपाल समान खेल खेलेको युएई ६ अंकसहित पूछारमा छ ।

लिग टु का शीर्ष चारमा रहने टोलीले सन् २०२७ को वान डे विश्वकप छनोटमा स्थान बनाउनेछ । यस्तै पूछारका चार टिमले २०२७ को वान डे विश्वकपको क्वालिफायर प्लेअफ खेल्न पाउँनेछ ।जहाँ लिग  टु का पूछारका चार टिम र च्यालेन्ज लिगका शीर्ष ४ गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबा६ पनि शीर्ष चार टोलीले सन् २०१७ को वान डे विश्वकप छनोटमा स्थान बनाउनेछ । विश्वकप छनोटमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछ । जहाँबाट शीर्ष चार टोलीले २०२७ मा हुने वान डे विश्वकपमा स्थान बनाउनेछ ।

तस्बिर : क्यान

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More