― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
Homeशान्ति मिसनमा जानेको संख्या घटाइने, बढी सैनिक खटिनेमा नेपाल नै पहिलो

शान्ति मिसनमा जानेको संख्या घटाइने, बढी सैनिक खटिनेमा नेपाल नै पहिलो



७ कात्तिक, काठमाडौं । शान्ति मिसनमा जाने सैनिकको कोटा संयुक्त राष्ट्रसंघले घटाउने भएको छ ।

अहिले गइरहेको अवस्थाबाट कम्तीमा पनि २५ प्रतिशत कोटा घटाउन लागिएको हो । २५ प्रतिशत शान्ति सैनिकको कोटा घटे पनि नेपाली सेना नै सबैभन्दा बढी योगदान गर्नेको शीर्ष स्थानमा हुने नेपाली सेनाले बताएको छ ।

केही दिनअघि सैनिक मुख्यालय जंगी अड्डामा भएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै युद्धकार्य विभागका महानिर्देशक तथा उपरथी अनुपजंग थापाले कोटा घटे पनि योगदान गर्नेको शीर्ष स्थानमा नेपाली सैनिक नै हुने बताए ।

‘कोटा घट्टा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा असर पर्नु स्वभाविक हो । तर पनि सबैभन्दा बढी खटिने सैनिकमा नेपाली सेना नै प्रथम हुन्छ,’ उपरथी थापाले भने ।

हाल १० वटा शान्ति मिसनमा नेपाली सेनाका ५३८ महिला सैनिकसहित ५ हजार ८२० सैनिक तैनाथ छन् । मिसनमा खटिएका मध्ये अहिलेसम्म ७४ सैनिकको मृत्यु भइसकेको छ भने ७५ जना घाइते भएका छन् ।

नेपाली सेना शान्ति स्थापना कार्यको लागि सैनिक खटाउने राष्ट्रहरुको सूचिमा पहिलो स्थानमा छन् । महिला सैनिक सहाभागितामा पनि नेपाली सेना अग्र स्थानमा आउँछ ।





Read More