राष्ट्रिय
समाचार.
- नेपाली कांग्रेसको देउवा समूहले शनिबार बिहान ८ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
- पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठकको जानकारी दिएका छन्।
- पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।
सूचनामा पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
आजैमात्र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । त्यसलगत्तै बैठक डाकिएको हो । यो समूहले आयोगको निर्णय मान्य नहुने बताउँदै आएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


