राष्ट्रिय
समाचार.
- निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ।
- देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय षड्यन्त्रपूर्वक भएको आरोप लगाएका छन्।
- खड्काले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने र निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण भएको बताए।
२ माघ, काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् ।
उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’
उनले निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि जनाए ।
निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवशेनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

