― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsगुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप

गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप


राष्ट्रिय

समाचार.

  • गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ।
  • नेपाल प्रहरीमा १ हजार ६९५ जनाको आवश्यकता भए पनि १ हजार १२८ जनाको आवेदन परेको छ।
  • सशस्त्र प्रहरीमा १७९ जनाको आवश्यकता भए पनि १३१ जनाको आवेदन परेको र म्याद थप गरिएको छ।

२ माघ, गुल्मी । गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो ।

माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो ।

नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्रै आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयले जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति पूर्ति गर्न म्याद थप गरिएको हो । तोकिएको योग्यता पूरा गरेका इच्छुक युवालाई तोकिएको मितिभित्र आवेदन दिन आग्रह गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त सुरक्षाकर्मीको व्यवस्था आवश्यक भएकाले थपिएको दुई दिनमा आवेदन संख्या बढ्ने अपेक्षा गरिएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि देशभर १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया जारी छ ।





Read More