― Advertisement ―

चीनले समुद्री पानीबाट युरेनियम निकाल्छ, ईन्धनले भरिएको महासागरहरूको साथ “असीमित ब्याट्री जीवन” को 2050 लक्ष्यको नजिक जान्छ

चीनले मार्लेभल किलोअनग्राम मुनिबाट सफलतापूर्वक निकासी गर्यो अवस्थाहरूसबै ज्ञात भूमि-आधारित निक्षेपहरू भन्दा महासागरहरूमा धेरै युरेनियम हुन्छसमुद्री पानीको युरेनियम सांद्रता अत्यन्त कम छ, जसले रिकभरी...
HomeLatest newsमाइतीघरमा दीप प्रज्वलन – KhabarHost

माइतीघरमा दीप प्रज्वलन – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयोजनमा पुस २५ गतेदेखि ट्राफिक सप्ताह–२०८२ सुरु भई १ माघसम्म चल्नेछ।
  • आज साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम गरी दुर्घटना न्यूनीकरणमा जनचेतना बढाउने प्रयास गरिएको छ।
  • रात्रिकालिन सवारीमा दुर्घटना न्यूनीकरण वृत्तचित्र प्रदर्शन र राइड सेयर एप चालकलाई जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ।

१ माघ, काठमाडौं । दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयोजनमा ट्राफिक सप्ताह–२०८२ जारी छ । पुस २५ गतेदेखि सुरु भएको सप्ताह भोलि शुक्रबारसम्म चल्नेछ ।

सोही कार्यक्रमअन्तर्गत आज साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रात्रिकालिन लामो तथा मध्यम दुरीका सवारीहरुमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक वृत्तचित्र प्रदर्शन गर्ने, राइड सेयर एप चालकहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीक्यामेरा राख्न आवश्यक समन्वय गरेर सप्ताह कार्यक्रम गरिएको छ ।





Read More