― Advertisement ―

चीनले समुद्री पानीबाट युरेनियम निकाल्छ, ईन्धनले भरिएको महासागरहरूको साथ “असीमित ब्याट्री जीवन” को 2050 लक्ष्यको नजिक जान्छ

चीनले मार्लेभल किलोअनग्राम मुनिबाट सफलतापूर्वक निकासी गर्यो अवस्थाहरूसबै ज्ञात भूमि-आधारित निक्षेपहरू भन्दा महासागरहरूमा धेरै युरेनियम हुन्छसमुद्री पानीको युरेनियम सांद्रता अत्यन्त कम छ, जसले रिकभरी...
HomeLatest newsमध्यरातमा कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा (तस्वीरहरू)

मध्यरातमा कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा (तस्वीरहरू)



१ माघ, काठमाडौं । आज माघे संक्रान्ति । विशेषगरी थारू समुदायले धुमधामका साथ मनाउने यो पर्व देशभर लोकप्रिय छ । संक्रान्तिको दिनै पर्खेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रमा उद्घोषकले नै १२ बज्नासाथ भनेकी थिइन्, ‘हामी नयाँ दिन कुरेका थियौं । त्यही भएरै केहीबेर ढिलो गरेका पनि हौं ।’

करिब सवा ११ बजेपछि हलमा पुगेका सभापति गगन थापासहितका पदाधिकारी र केन्द्रीय सदस्यको नाम मेलैसँगै पढ्ने र राजनीतिक भाषण गर्ने हुँदा करिब २ घण्टा समय लाग्यो ।

यसैबीच कांग्रेस विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । कांग्रेसमा संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशन र सहमतिको अन्तिम रस्साकस्सी विफल भएपछि समिति घोषणा भएको हो ।

जे भए पनि दुई महामन्त्रीले आँटेसम्मको काम आज पूरा गरेका छन् । दुवै घोषणा सभामा एक अर्काप्रति आभारी देखिए । गगनलाई विश्वले र विश्वलाई गगनले माला लगाइदिए । हलभर उपस्थितले मिनैटै पिच्छे ‘गगन दाई, हाई हाई, विश्व दाई हाई हाई’ जस्ता नारा लगाइरहे ।

नेताहरूका अनुसार, अब यो टोली आफ्नो आधिकारिकता खोज्दै निर्वाचन आयोग जाँदैछ । सभापति चुनिएलगत्तै गगनले भनेका छन्, ‘आयोग कसैको प्रभावमा नपर्ने विश्वास छ ।’

महाधिवेशनबाट सभापतिमा गगन थापा चुनिएका छन् । उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

तस्वीरहरू:

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More