― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
Homeराष्ट्रपतिको उपस्थितिमा सरकार र जेनजीबीच सम्झौता हुँदै

राष्ट्रपतिको उपस्थितिमा सरकार र जेनजीबीच सम्झौता हुँदै


३० असोजमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, शहीद परिवार, घाइते र केही जेनजी प्रतिनिधिबीच भएको छलफल । तस्वीर : प्रधानमन्त्रीको सचिवालय



६ कात्तिक, काठमाडौं । सरकार र जेनजीहरूबीच सम्झौता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमेतको उपस्थितिमा सरकार र जेनजीहरूबीच सम्झौता हुन लागेको हो ।

सम्झौताका मस्यौदा तयार पार्ने काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । सरकारी उच्च स्रोतका अनुसार, अहिले (बिहीबार) सम्म विभिन्न ८ वटा जेनजी समूहसँग सरकारले वार्ता गरिसकेको छ ।

उक्त मस्यौदाको ड्राफ्ट टुंग्याएर चाँडै जेनजीहरूसँग सरकारले वार्ता गर्दैछ । औपचारिक वार्ता राष्ट्रपतिकै उपस्थितिमा हुने र सोही वार्ताका क्रममा सम्झौता हुने तयारी गरिएको उक्त स्रोतले बताएको छ ।

खासगरी पछिल्लो पटक २५ असोजमा राष्ट्रपति निवासमा जेनजी युवाहरू छलफलका लागि पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेल आकस्मिक बिरामी परेपछि प्रधानमन्त्री सुशीला कार्कीले केही जेनजी अगुवाहरूसँग उनीहरूको माग र सरकारले गर्नुपर्ने अन्य कामबारे सोधखोज गरेकी थिइन् ।

राष्ट्रपति पौडेल अस्पतालबाट फर्किएपछि पुन: अर्को वार्ता असोज ३० गते शीतलनिवासमै भएको थियो ।

प्रधानमन्त्री, मन्त्री, शहीद परिवारका सदस्य, घाइते र केही जेनजी अगुवाबीच उक्त दिन अबेरसम्म छलफल चलेको थियो । छलफलमा केही घाइते र शहीद परिवारका सदस्यहरू पनि थिए ।

सो छलफलमा केही उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीसँग आफूहरूलाई ‘आतंककारी’ भन्न थालिएको भन्दै गुनासो पोखे ।

‘हाम्रो आन्दोलनको वैद्यताका लागि पनि सम्झौता हुनुपर्‍यो । हामीले यत्रो धेरै रगत बगाएका छौं, तर अहिले तिनै पुराना दल र संगठनबाट आक्रमण बढ्न थाल्यो,’ उनीहरूको गुनासो थियो ।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओेम प्रकाश अर्यालसहितको सल्लाहमा खनालले विभिन्न समूहमा छरिएर रहेका विभिन्न ८ वटा समूहसँग छलफल गरिरहेका छन् ।

पछिल्लोसमय जेनजी आन्दोलनकारीमाथि जाहेरीहरू परिरहेका छन् । आन्दोलनलाई संस्थागत नगर्दा अपराधिकरण गर्ने जोखिम रहेको तर्क जेनजीहरूको थियो ।

उक्त विषयमा प्रधानमन्त्री कार्की सहमत भएकी थिइन् ।

जेनजी गुनासो सुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत जननिर्वाचित सरकार, संसद् ढल्नदेखि राजनीति नै नयाँ कोर्समा पुगेको स्मरण गराउँदै आन्दोलनले वैद्यता भएको बताएका थिए ।

‘सम्झौता सबै लिखितम् मात्रै हुँदैन । तपाईंहरूकै आन्दोलनको जगमा संसद्, सरकार सबै गयो । यो भनेको नै आन्दोलनले वैद्यता पाएको हो,’ राष्ट्रपतिले सो छलफलमा राखेको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘म यो उमेरमा यति रातिसम्म तपाईंहरूकै लागि छलफल गरिरहेको छु । तपाईंहरूले जित्नुभएको छ ।’

छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार राष्ट्रपति पौडेलले पहिलो महिला न्यायाधीश र पहिलो महिला प्रधानमन्त्री बन्ने क्रममा प्रधानमन्त्रीले भोग्नपरेको चुनौती साझा गर्दै केहीबेर तारिफ गरे ।

‘यस्तो प्रधानमन्त्री जोसँग अहिलेसम्म कुनै दाग छैन, अहिलेकै दलहरूसँग पनि उहाँले सम्झौता गर्नुपर्‍यो । तपाईंहरूले उहाँलाई अभिभावक पाउनुभएको छ,’ राष्ट्रपतिले भनेका थिए ।

प्रधानमन्त्री कार्कीले जेनजीका माग कुनै न कुनै रुपमा सम्बोधन हुनुपर्ने र आन्दोलनमा योगदान पुगेकाले राखेको मागको सम्बोधन सरकारले गर्ने बताएकी थिइन् ।

सोही अनुसार, प्रधानमन्त्री कार्कीले प्रमुख सल्लाहकार अजयभद्र खनाललाई यो कामको जिम्मेवारी दिएकी थिइन् । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओेम प्रकाश अर्यालसहितको सल्लाहमा खनालले विभिन्न समूहमा छरिएर रहेका विभिन्न ८ वटा समूहसँग छलफल गरिरहेका छन् ।

सम्झौतामा राखिने कन्टेन्ट (विषयवस्तु) बारे भने छलफल भइरहेको र ड्राफ्टमा काम भएको एक मन्त्री बताउँछन् ।

विभिन्न फरकफरक समूहका मान्छेहरू जेनजी अगुवाका रुपमा देखिन थालेपछि खास आन्दोलनको अग्रमोर्चामा रहेका जेनजीहरूसँग सरकारले औपचारिकता खोजेको बताइन्छ ।

‘चाँडै केही दिनमै यो सम्झौता हुन्छ । शहीद, घाइते र अग्रमोर्चामा खटिएका खास जेनजीहरू सरकारसँग टाढिन हुँदैन,’ सरकारमा सहभागी एक मन्त्री भन्छन्, ‘जेनजीको माग पूरा गर्नका लागि पनि सम्झौताले झकझक्याउँछ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More