― Advertisement ―

माइक्रोसफ्टका सह-संस्थापक र पूर्व सीईओ बिल गेट्सद्वारा दिनको उद्धरण: ‘हामी सधैं अर्को दुई वर्षमा हुने परिवर्तनलाई अतिआंकलन गर्छौं र दसमा हुने परिवर्तनलाई कम आँकलन...

बिल गेट्स एक स्ट्यान्ड-आउट टेक्नोलोजी अग्रगामीहरू मध्ये एक हुन्, र उनले धेरै वर्षको लागि माइक्रोसॉफ्ट। जब नयाँ प्रविधिहरू देखा पर्छन्, यो उत्साहित हुनु सामान्य...
HomeLatest newsसिंहदरबारमा तयार भयो राष्ट्रिय सभा हल (तस्वीरहरू) – KhabarHost

सिंहदरबारमा तयार भयो राष्ट्रिय सभा हल (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि कृषि तथा प्राकृतिक स्रोत समितिको हल तयार गरिएको छ।
  • सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरेको छ।
  • सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

२९ पुस, काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि हल तयार भएको छ ।

जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरवारमै राष्ट्रिय सभाको बैठक राख्ने हल तयार गरिएको हो ।

सिंहदरवारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी तयार गरिएको छ ।

सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।

 

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More