― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsएमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो

एमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा छलफल गरेको छ।
  • पार्टीका संस्थापन समूह र विशेष महाधिवेशन प्रतिनिधिका समूहका नेताबीच गठबन्धन नगर्ने विषय सकारात्मक भएको छ।
  • सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई छलफलको जानकारी गराउन नेताहरू देउवा निवास गएका छन्।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा छलफल गरेको छ । पार्टी संस्थापन समूह र विशेष महाधिवेशन प्रतिनिधिका समूहका केही नेताबीच भएको छलफलमा यसबारे कुरा भएको हो ।

विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया सुरु गरिसकेपछि संस्थापन समूह वार्ताका लागि तयार भएको थियो । सोहीअनुसार आज नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा सहभागी एक नेताले भने,’नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने भन्ने विषयमा पनि छलफल भयो । यो विषय पनि सकारात्मक भएको छ ।’

ती नेताका अनुसार संस्थापन समूह गठबन्धन नगर्ने विषयमा लचिलो भएको छ ।
अहिले छलफलमा भएका विषयबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराउन संस्थापन समूहका नेताद्वय रमेश लेखक र बालकृष्ण खाण देउवा निवास महाराजगञ्ज गएका छन् ।

वार्तामा संस्थापन समूहबाट लेखक र खाण, शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियार थिए भने विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडे‍ल, देवराज चालिसे, मधु आचार्य र गुरु घिमिरे सहभागी थिए । उनीहरूबीच आजै फेरि तेस्रो चरणको छलफल हुँदैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More