― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsसुरक्षित हुँदै तुरुन्तै इरान छोड्नु – KhabarHost

सुरक्षित हुँदै तुरुन्तै इरान छोड्नु – KhabarHost


इरानमा भएको प्रदर्शन



२९ पुस, काठमाडौं । अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गर्दै तुरुन्तै इरान छाड्न भनेको छ ।

इरानभर विरोध प्रदर्शन तीव्र रूपमा बढिरहेको र यो थप हिंसात्मक हुन सक्ने बताउँदै दूतावासले यसका कारण पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने जोखिम भइकोले फर्किन आग्रह गरेको छ ।

एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई सम्पर्कका वैकल्पिक उपायहरू खोज्न सुझाव दिइएको छ । साथै, यदि सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छाड्ने विकल्पबारे पनि विचार गर्न भनिएको छ ।

इरानमा रहेका अमेरिकी नागरिकहरूलाई जारी गरिएको एडभाइजरीमा भनिएको छ, ‘यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थान खोज्नुहोस् । खाना, पानी, औषधि र अन्य आवश्यक सामग्रीको भण्डारण गरेर राख्नुहोस् । प्रदर्शनहरूबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे सचेत रहनुहोस् ।’

इरानमा अमेरिकाको कुनै कूटनीतिक उपस्थिति छैन । अमेरिकाका लागि स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निभाउँदै आएको छ । यहाँ अमेरिकी विदेश मन्त्रालयले यूएस भर्चुअल एम्बेसी इरानमार्फत जानकारी उपलब्ध गराउँदै आएको छ ।

इरानमा करिब दुई हप्तादेखि सरकारविरुद्ध प्रदर्शन जारी छ । यसबीचमा इरान सरकारको समर्थनमा पनि र्‍यालीहरू निकालिएको ।





Read More