― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
HomeLatest newsपोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा हुने – KhabarHost

पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ वैशाख १८ गते गर्ने निर्णय गरेको छ।
  • अवार्डले गण्डकी प्रदेशका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था र पत्रकारलाई सम्मान गर्नेछ।
  • अवार्डका विधाहरूमा लाइफटाइम एचिभमेण्ट, वर्ष उत्कृष्ट पुरुष, महिला, उदयमान, प्रशिक्षक, क्लब/संस्था र खेल पत्रकार रहेका छन्।

२८ पुस, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो ।

अवार्ड मार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डका विधाहरूमा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट उदयमान, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब/संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् ।

अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोर्ट्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले बताए । अवार्डका लागि प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ ।

अवार्डले गण्डकी प्रदेशको खेलकुद प्रवद्र्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More