― Advertisement ―

NordVPN 100 Tbps विश्वव्यापी क्षमताको साथ VPN भीड-घण्टा ढिलो समाप्त गर्न चाहन्छ

NordVP को विशाल नेटवर्क घोषणा गरेको छ। क्षमतायसको विश्वव्यापी समग्र क्षमताले अब १०० Tbps नाघेको छयसको मतलब भीडको समयमा पनि अझ स्थिर प्रदर्शन हुनुपर्छNordVPN...
Homeएकै परिवारका ४ जनालाई घाइते बनाएको घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको आरोप

एकै परिवारका ४ जनालाई घाइते बनाएको घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको आरोप



६ असोज, जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि नै आक्रमण भएको घटनामा दोषी उम्काएको र प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लागेको छ ।

आक्रमणमा संलग्न भएर प्रहरीले पक्राउ गरिसकेका पाँचजना मध्ये तीनजनालाई राजनीतिक दबाबमा छाडिएको समेत पीडितको आरोप छ ।

यही कात्तिक २ गते बेलुका घरमै प्रवेश गरी आक्रमण हुँदा एकै परिवारका चार जना घाइते भएका थिए । स्थानीय ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव घाइते भएका थिए ।

घाइते शिवनन्दनका अनुसार घरमै बसिरहेको अवस्थामा आएको १५–२० जनाको समूहले खुकुरी, रड, भाटालगायतले प्रहार गरेका थिए । उनीहरु मध्ये केही अस्पतालमा उपचाररत्त छन् भने कोही फर्केका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले बताए । उनका अनुसार केहीसमय अघि जीतवाहन मेलामा दुई किशोरबीच भएको विवाद भएको थियो । त्यसैको निहुँमा परिवारमाथि आक्रमण हुनुअघि पनि विवाद र सामान्य कुटपिट भएको थियो । घटनापछि अर्को पक्षले घरमै पुगेर कुटपिट गरेको उनको भनाइ छ ।

प्रहरीले घटनामा संलग्नताको आरोपमा मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादव गरी पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले किशोरी, पूर्व वडाध्यक्ष हरी कुशीयौत र जगदीश धुर्झारसहित तीनजनालाई छाडिसकेको छ । घटनामा उनीहरूको संलग्नता नदेखिएकाले तारेखमा छोडिएको डिएसपी पुरीको भनाइ छ । अशोक यादवसहित दुई जना प्रहरीकै नियन्त्रणमा रहेका छन् ।

प्रहरीले संलग्न दोषीलाई उम्काउन छाडेको र जाहेरीसमेत दर्ता नगरेको पीडित शिवनन्दन यादवले आरोप लगाए । ‘घटनामै संलग्न दोषीलाई प्रहरीले छाडेको र र उनीहरुको नाम हटाएर ल्याए मात्रै दर्ता हुने भन्दै छन् । दोषीलाई नै छाडेपछि र जाहेरीबाट नाम हटाएपछि हामीले कसरी न्याय पाउने ?’ उनको गुनसो छ ।

डिएसपी पुरीले घटनामा संलग्न नरहेको व्यक्तिको नाम राखेपछि दर्ता नहुने बताए । ‘पक्राउ अन्य दुई व्यक्तिको बयान र अनुसन्धानले ती छाडिएका व्यक्ति त्यतिबेला घटनामा संलग्न देखिंदैन । संलग्न नै नभएका व्यक्तिको नाम जाहेरीमा ल्याएपछि कसरी दर्ता गर्नु ?,’ उनले प्रतिप्रश्न गरे ।





Read More