― Advertisement ―

Anker THUS चिपले पहिरन योग्य उपकरणहरूमा ठूला AI मोडेलहरू राख्न कम्प्युटिङ नियमहरू तोड्छ

Ankerनयाँ प्रयोग गर्दछ मेमोरीमा कम्प्युटरयसले तल्लो शक्ति भएका यन्त्रहरूमा ठूला AI मोडेलहरू सक्षम पार्न सक्छAnker सिलिकन व्यवसायमा प्रवेश गर्दैछ, विशेष गरी एउटा CIM (कम्प्युट...
Homeमनमोहक थोरङलापास (तस्वीरहरू) – KhabarHost

मनमोहक थोरङलापास (तस्वीरहरू) – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अन्नपूर्ण पदमार्गको थोरङला पास समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा छ र मनाङ र मुस्ताङको सिमाना हो।
  • थोरङला पास गर्न विश्वभरबाट विदेशी पर्यटक र पछिल्लो समय आन्तरिक पर्यटक पनि आउने गरेका छन्।
  • सडक सञ्जाल विस्तारपछि अन्नपूर्ण पदमार्गको यात्रा तीन हप्ताबाट १० दिनमै पूरा गर्न सकिन्छ।

६ कात्तिक, काठमाडौं । कहिले उकाली । कहिले ओराली । वारिपारि हिमाल हेर्दै पुगिन्छ थोरङलापास ।  अन्नपूर्ण पदमार्गको थोरङला पास समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा छ ।

मनाङ र मुस्ताङको सिमाना पनि हो । थोरङला पास गर्न विश्वभरबाट पर्यटक नेपाल आउँछन् । पछिल्लो सयम आन्तरिक पर्यटक पनि थोरङला पुग्न थालेका छन् ।

कसरी जाने थोरङ्ला पास ?

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजारसय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् ।

आन्तरिक पर्यटकहरु तिलिचो तालमा पुगेसँगै थोरङला पास गएको पाइन्छ । अहिले त विदेशी पर्यटकहरू विश्वभरबाट यहाँ घुम्‍ने आउने गरेको स्थानीय बताउँछन् ।

साथै अहिले आन्तरिक पर्यटकहरु पनि देखिन थालेका छन् । पछिल्लो समय मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको भन्दै स्थानीय खुशी देखिएका छन् ।

विगतमा लामो पदयात्राका रुपमा परिचित अन्नपूर्ण पदमार्ग सडक सञ्जालले मनाङ छोएपछि निकै छोट्टिएको छ । यो पदयात्रा पूरा गर्न विगतमा तीन हप्ता लाग्थ्यो । तर, सडक सञ्जालले मनाड, मुस्ताङ र लमजुङलाई छोएपछि १० दिनमै पदमार्ग पार गर्न सकिने भएको छ ।

मनाङको तिलिचो ताल पुगेर फर्किएपछि श्रीखर्कबाट थोरङलातर्फ पनि जान सकिन्छ । तर धेरैजसो तिलिचो मात्र जाने गरेको पाइन्छ ।

थोरङ्ला पास अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

तस्वीरमा हेर्नुहोस् थोरङलापास :

   

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More