― Advertisement ―

युकेको आकाश-उच्च बिजुली लागतले चुपचाप एआई फर्महरूलाई विदेशमा धकेलिरहेको छ किनकि सस्तो बजारहरूले महत्वपूर्ण कार्यभार र भविष्यको नवीनतालाई लोभ्याउँछ।

उच्च ऊर्जाको भार AI को लागि लागत हो UKएआई डिप्लोइमेन्टको लागि सस्तो बिजुली निर्णायक कारक बनिरहेको छसंयुक्त राज्यको पूर्वाधारको फाइदाले एआई वर्कलोडको शिफ्टलाई गति...
Homeलागुऔषध ओसारेको आशंकामा डुङ्गामा अमेरिकी हमला, २ जनाको मृत्यु

लागुऔषध ओसारेको आशंकामा डुङ्गामा अमेरिकी हमला, २ जनाको मृत्यु



६ कात्तिक, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले प्रशान्त महासागरमा एक शङ्कास्पद लागुऔषध डुङ्गामा हमला गरेको जनाएको छ। बीबीसीका अनुसार, हमलामा दुई जनाको मृत्यु भएको छ।

रक्षा मन्त्री पीट हेगसेथले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार, अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन ।

हेगसेथका अनुसार, उक्त डुङ्गा अमेरिकी खुफिया एजेन्सीहरूको निगरानीमा थियो र त्यो अन्तर्राष्ट्रिय जलक्षेत्रमा मादक पदार्थको खेप लिएर गइरहेको अनुमान गरिएको थियो।

यो सेप्टेम्बर २ यता शङ्कास्पद लागुऔषध डुङ्गाहरूमा अमेरिकी सेनाको आठौँ कारबाही हो, तर प्रशान्त क्षेत्रमा यस प्रकारको यो पहिलो हमला हो।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More