― Advertisement ―

यो प्रारम्भिक प्राइम डे एल्गाटो सम्झौता अन्तिम अफिस ह्याक हो

यदि तपाईं म जस्तो हुनुहुन्छ भने, तपाईंले सम्भवतः मेनुहरू मार्फत खोज्दै वा जटिल किबोर्ड सर्टकटहरू सम्झन खोज्दै हुनुहुन्छ। यो पछिल्लो Amazon प्राइम डे डिल...
HomeLatest newsनेपाल जियोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित

नेपाल जियोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित


राष्ट्रिय

समाचार.

  • नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन्।
  • सोसाइटीको नयाँ कार्यसमिति दुई वर्षका लागि सर्वसम्मत चयन गरिएको छ।
  • डा. शर्माले जियोलोजिष्टहरूको सरकारी नियुक्ति बढाउन र बाँदर नियन्त्रणमा सरकारलाई सुझाव दिने बताए।

२७ पुस, बुटवल । नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् ।

जियोलोजिकल सोसाइटीको दोस्रो राष्ट्रिय सम्मेलन अन्तर्गत बुटवलमा सम्पन्न १३औं साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जियोलोजिकल सोसाइटी प्राणी शास्त्रमा स्नातकोत्तरदेखि विद्यावारिधि गरेका प्राज्ञिकहरूको साझा संस्था हो ।

सोसाइटीको उपाध्यक्षमा राजेन्द्र सुवाल, महासचिवमा डा. विष्णुप्रसाद भट्टराई, सचिवमा बाबुराम बन्जाडे र कोषाध्यक्षमा डा. पूजा जैसवाल निर्वाचित भएकी छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा डा. रमा मिश्र, डा. दीपक गुप्ता, माया उपाध्याय, शालिकराम अधिकारी, डा.जगन्नाथ अधिकारी, डा. राजेन्द्र बस्यौला, गंगा शाह, चेतराज भट्ट र कमलकुमार शर्मा निर्वाचित भएका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुनेछ ।

सोसाइटीका नवनिर्वाचित अध्यक्ष डा. शर्माले सरकारी निकायहरूमा जियालोजिष्टहरूको नियुक्ति र सहभागिता न्यून रहेकाले बढाउन नीतिगत पहल गर्ने, प्रदेशस्तरमा जैविक विविधता, माछादेखि हात्तीसम्मका प्रजातिका प्राणीको तथ्यांक संकलन र अनुसन्धान, बाँदर लगायत कतिपय वन्यजन्तुका कारण बालीनालीमा वर्षेनी करोडौं क्षति भएकाले बाँदरको संख्या नियन्त्रण लगायत विषयमा सरकारलाई सुझाव दिने बताए ।

दुईदिने राष्ट्रिय सम्मेलनकै अवसरमा नेपाल जियोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको पनि साधारणसभा भएको छ । साधारणसभाले कमलकुमार शर्मा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा अमर केसी, महासचिवमा श्रीराम न्यौपाने, कोषाध्यक्षमा कमला खत्री, सचिव अब्दुल हाकिम खान निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा नारायण बराल, बुद्धिराम ओली, आदेश ओली, शिवराज न्यौपाने, दीपा शर्मा र विशाल आचार्य निर्वाचित भएका अध्यक्ष शर्माले जानकारी दिए ।

संस्थामा देशभरबाट तीनसय जियोलोजिस्टहरू आवद्ध रहेको सोसाइटीले जनाएको छ ।

राष्ट्रिय सम्मेलनमा डा. कुमार सापकोटा, डा. चन्द्रमणि शर्मा, डा. पुष्पराज आचार्य, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्‌का कार्यकारी प्रमुख रामु जोशी लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।





Read More