― Advertisement ―

एन्टिमेटरले बिजुली आपूर्ति पहिले नै उपलब्ध छ जहाँ सञ्चालन गर्न डिजाइन गरिएको मोड्युलर डेटा केन्द्रहरूको विश्वव्यापी रोलआउटको साथ बढ्दो अनुमान मागलाई लक्षित गर्दछ।

बिजुली वितरण नगरिएको माइक्रो सेन्टरमा रूपान्तरित कम्प्युटनेटवर्कले विश्वभरका १,००० मोड्युलर साइटहरूमा स्थापित ४००,००० GPUs लाई लक्ष्य गर्छऊर्जा-पहिलो डिप्लोयमेन्टले ढिलो ग्रिड जडान अनुमोदनहरूको कारणले हुने...
Homeचुनावमा होमिने, युवाको मत तान्ने – KhabarHost

चुनावमा होमिने, युवाको मत तान्ने – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनपछि पहिलो पटक मधेशमा महोत्तरीको रामगोपालपुरमा ठूलो सभा गरी चुनावको पक्षमा उभिएको सन्देश दिएको छ।
  • पार्टीका शीर्ष नेता प्रचण्डले चुनावमा सहकार्य गर्न जेनजी युवालाई आह्वान गरेका छन् ।
  • चुनावको तयारी र पार्टी महाधिवेशन एकसाथ अगाडि बढाउने निर्णय गरिसकेको माओवादीले चाडपर्वपछि देशव्यापी अभियान सञ्चालन गर्ने तयारीमा गरेको छ।

५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको झण्डै डेढ महिनापछि पहिलो पटक नेकपा माओवादी केन्द्रले बुधबार मधेशमा ठूलो सभा गरेको छ । तिहार, छठ र नेपाल सम्वत् ११४६ का अवसरमा महोत्तरीको रामगोपालपुरमा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम राख्यो । पार्टीका शीर्ष नेताहरू पुगे । कार्यक्रमलाई महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता मातृका यादवले सम्बोधन गरे ।

माओवादी केन्द्र महोत्तरी जिल्लाका इन्चार्ज प्रकाश जेनजी आन्दोलनपछि राजनीतिक दलहरूले सभा–सम्मेलन गर्न नसकिरहेका बेला माओवादीले जनतामा सन्देश दिन ठूलो सभा गरेको हो ।

उनी भन्छन्, ‘जेनजी आन्दोलनप्रति मधेशमा भएका ठूला राजनीतिक दलहरूमध्ये पहिलो पटक हामीले ठूलो राजनीतिक गतिविधि गरेका छौं । कार्यक्रम शुभकामना आदानप्रदान र पार्टी प्रवेश नै हो । यसमार्फत स्वत: आफ्ना कुरा जनतामा जाने त भइगो ।’

इञ्चार्ज पोखरेलका अनुसार ठूला राजनीतिक दलहरू चुनावबारे अलमलमै रहेका छन् । नेपाली कांग्रेसले आफूलाई चुनावको पक्षमा उभ्याउने वा प्रतिनिधि सभा पुनर्स्थापना भनेर जाने भन्ने विषयमा औपचारिक निर्णय लिएको छैन । नेकपा एमालेले आगामी फागुन २१ मा तय भएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेर संसद् पुनर्स्थापनालाई जोड दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रले भने एक महिना अगाडि नै चुनावको पक्षमा उभिने निर्णय लिइसकेको छ । गत असोज ९ गते सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले चुनावका पक्षमा उभिने निर्णय गरेको थियो । त्यसबेला माओवादीले चुनावको तयारी र पार्टीको महाधिवेशनको तयारी एकसाथ अगाडि बढाउने निर्णय गरेको थियो । सोहीनिर्णय अनुसार बुधबार महोत्तरीको रामगोपालपुरमा सभा राखिएको नेता पोखरेलले जानकारी दिए ।

माओवादीले अब पार्टी चुनावको प्रचारमा उत्रिएको भन्ने पनि यो सभाबाट देखाउन खोजेको छ । ‘अरु दलको विषय उनीहरू नै जान्दछन् । माओवादी केन्द्रले चुनावको पक्षमा उभिने र चुनावको तयारी अगाडि बढाउने निर्णय एक महिना अगाडि नै गरिसकेको छ’ पोखरेल भन्छन्, ‘पार्टीको नीति र निर्णयअनुसार गतिविधि हुनु स्वाभाविक हो । चुनावको मिति तोकिएर नजिकिँदो छ । यो बेला जे–जस्ता भेला राखिए तापनि अन्तत चुनावकै तयारी अन्तर्गत हुन्छन् ।’

चुनावमार्फत जनताको मन जितेर शासन–प्रशासनको शक्ति आर्जन हुने भएकाले यो स्वाभाविक रहेको पनि उनको जवाफ छ ।

जेनजी युवालाई फकाउने प्रचण्डको प्रयास

भ्रष्टाचार नियन्त्रण, सुशासनको माग गर्दै गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ मा चुनाव गराउने कार्यादेश छ ।

प्रचण्डले भने, ‘अब जेनजी युवाहरु र माओवादी मिलेर चुनाव लड्नुपर्छ ।’

तय भएको चुनाव हुने वा नहुने भनेर कांग्रेस र एमालेका नेताहरू निरन्तर संशय व्यक्त गरिरहेका छन् । यो बेला माओवादीले भने चुनावमा होमिएको सन्देश आफ्नै अभिव्यक्तिबाट समेत प्रवाह गरेका छन् ।

महोत्तरीको रामगोपालपुरको सभालाई सम्बोधन गर्दै माओवादी महाधिवेशन आयोजक समिति संयोजक प्रचण्डले प्रष्टसँग भने, ‘हाम्रो मुल ध्यान चुनावमा छ यसमा सबै प्रष्ट छौं ।’ अर्थात्, मधेशबाट चुनावमा होमिएको सन्देश प्रवाह गर्दै प्रचण्डले तयारीमा जुट्न नेता/कार्यकर्तालाई निर्देश गरे ।

चुनाव अगाडि वामपन्थी एकता र ध्रुवीकरणका लागि प्रयास भइराखेको पनि प्रचण्डले बताएका छन् । ‘वामपन्थीबहरूबीच एकता र गोलबन्द पनि हो,’ प्रचण्डले भनेका छन्, ‘चुनावमार्फत मुलुकलाई अगाडि बढाउन भूमिका खेल्ने हो ।’

बुधबारको भेलामा सात सय बढी अन्य दलका नेता/कार्यकर्ता माओवादीमा प्रवेश गरेको दाबी गरेको छ । यसबारे प्रचण्डले भनेका छन्, ‘पुराना कांग्रेस र एमालेमा असन्तुष्ट रहेकाहरू पार्टीमा आउन खोजे र स्वागत गरिएको हो ।’

पार्टी प्रवेश गर्नेहरूमा जेनजी अधिक रहेको प्रचण्डले बताएका छन् । उनले भनेका छन्, ‘आज निकै ठूलो संख्यामा पार्टी प्रवेश भयो । खादा लगाइदिँदा–लगाइदिँदा थाक्नेगरी नै पार्टी प्रवेश भयो । ती प्रवेश गर्नेमध्ये मोटामोटी मैले हिसाब गर्दै गाथेँ ६० पर्सेन्ट जेनजी प्रवेश गरेका रहेछन् ।’

वामपन्थी दलसँग सके एकता, नसके सहकार्य गर्ने, कांग्रेस र एमालेमा असन्तुष्ट भए पार्टीमा ल्याएर अवसर दिने र जेनजीसँग मिलेर चुनाव लड्ने पार्टीको नीति रहेको पनि प्रचण्डले प्रष्टसँग बताएका छन् ।

‘मैले कहिलेकाँही भन्छु हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा जेनजी नै थियौं । आज मधेशमा सयौंको संख्यामा पहिलोचोटी जेनजी आन्दोलनपछिको यति भव्य सार्वजनिक कार्यक्रममा सयौं–सयौं, हजारौं वरिपरि, ६० प्रतिशत जेनजी युवाहरु पार्टीमा प्रवेश गरे’ प्रचण्डले भने, ‘यसले देखाउँछ अब जेनजी युवाहरु र माओवादी मिलेर चुनाव लड्नुपर्छ ।’

उनले आफूहरुका मुद्दा र एजेण्डामा समानता रहेको भन्दै सँगै बसेर छलफल गर्न आह्वान समेत गरे । ‘सँगै बसौं, छलफल गरौं । हाम्रो मुद्दाहरुमा समानता छ,’ प्रचण्डले भने, ‘ती समान विचार र राजनीतिक मुद्दा भएका युवाहरु र पार्टीहरु, लामो अनुभव भएका पार्टीहरुको विवेक, युवाहरुको उत्साह र त्यागको भावनालाई मिलाऔं र यो देशलाई संविधान संशोधनको नयाँ युगतिर, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको युगतिर, भ्रष्टाचार अन्त्यको युगतिर लैजाऔं ।’

माओवादी र जेनजीको मिलेर चुनाव नलडे जेनजीका माग समेत पूरा नहुने उनले बताए । उनी थप्छन्, ‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्ध छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्ध छ, जो समावेशी लोकतन्त्रको विरुद्ध छ । उनीहरुले जेनजी युवाहरुको भावनालाई बुझ्न सम्भव छैन ।’

आफूले जेनजीले उठाएका मागहरू जायज रहेको बताउँदै आएको र सहकार्यका लागि जेनजी युवाहरुको लगातार अपिल गर्दै आएको स्मरण गर्दै उनले भने, ‘जेनजी युवाहरुले मित्र को हो ? आफ्नो बैरी दुश्मन को हो चिन्न सक्नुपर्‍यो ।’

आफ्ना अभिभावक र मित्रलाई दुश्मनजस्तो, दुश्मनलाई मित्र जस्तो ठान्ने हो भने त्योभन्दा ठूलो दुर्भाग्य अरु केही हुन नसक्ने प्रचण्डको भनाइ छ । अर्थात, प्रचण्डले फकाउने र तर्साउने दुवै शैलीमा जेनजी युवाहरूसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

 संसद् पुनर्स्थापना होइन, चुनाव नै उत्तम विकल्प

माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार पार्टीले देशव्यापी अभियान सञ्चालनको तयारी गर्दैछ । ‘अहिले जिल्ला र प्रदेश स्तरमा कार्यक्रमहरू भइराखेका छन् । आज मधेशमा भयो । यस्तै कार्यक्रमले निरन्तरता पाउँछ’ सापकोटा भन्छन्, ‘केन्द्रबाटै पनि कार्यक्रमको तयारी हुँदैछ ।’

रामगोपालपुरको सभामा सहभागीहरु

चुनाव केन्द्रित देशव्यापी कार्यक्रमको खाका बनाउन पार्टीको सचिवालय बैठक बस्ने तयारी छ । चाडपर्व सकिएलगत्तै सचिवालय बैठक बसेर कार्यक्रमको खाका तयार पार्ने सापकोटाले बताए ।

पार्टी चुनावको पक्षमा प्रष्ट भएकाले चुनाव केन्द्रित गतिविधि हुनु स्वाभाविक रहेको बताउँदै सापकोटा भन्छन्, ‘छठ लगत्तै बस्छौं र एउटा निर्णयमा पुग्छौं ।’

माओवादी नेता देव गुरुङ जेनजी आन्दोलनपछि जे जस्ता सम्झौता भएका छन् तिनलाई संविधानभित्र ल्याउने प्रयास गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘राजनीतिक रुपमा जे जस्ता निर्णय भएका छन्, अन्तरिम सरकार गठन भएको छ, प्रतिनिधि सभा विघटन भएको छ । यी राजनीतिक निर्णय र सहमतिलाई संविधानको ट्रयाकमा ल्याउने भनेको चुनावबाट हो । यही मान्यता हामीले अंगालेका छौं ।’

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगले राखेका सर्वदलीय छलफलमा समेत पार्टीले यही विषय राख्दै आएको उनले बताए । ‘राजनीतिक तहमा के कस्ता कुरा भइराखेका छन् र पार्टीको नीति के हो भनेर जनस्तरमा कार्यक्रम गरिनुपर्दछ जो हामीले सुरुवात गरिसकेका छौं । आज मधेशको भेला यसकै उदाहरण हो’ नेता गुरुङले अनलाइनखबरसँग भने ।

चुनावमार्फत संविधानलाई ट्रयाकमा ल्याएर संविधान संशोधन गरेर जेनजीले उठाएका भ्रष्टाचार न्यूनीकरण, सुशासन स्थापना र शासकीय स्वरुपमा बदलाव ल्याउने प्रयासमा रहेको उनको जवाफ छ । ‘संसद् पुनर्स्थापनातिर लाग्दा संक्रमण थप लम्बिन सक्छ । यस्तोमा चुनाव उत्तम विकल्प भएको हाम्रो पार्टीको निष्कर्ष छ,’ गुरुङ भन्छन्, ‘पार्टीको निष्कर्ष जनस्तरमा पुर्‍याउने र चुनावको तयारीमा लाग्ने कुरा स्वाभाविक छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More