― Advertisement ―

मैले Amazon को आश्चर्यजनक टेक हप्ता बिक्रीबाट शीर्ष 14 सम्झौताहरू छानेको छु — Asus, Shark, Shokz, Garmin, र थपमा 30% सम्म छुट पाउनुहोस्।

एकदम थोरै धूमधामका साथ, Amazon ले सात दिने टेक डिल सुरु गरेको छ, टेक साताको % माथिको हप्तामा % माथिको सम्झौता उपकरणहरू, ट्याब्लेटहरू,...
Homeदुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी धामी मृत भेटिए

दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी धामी मृत भेटिए



धनगढी । दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत भेटिएका छन् ।

सोमबारदेखि बेपत्ता रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने कम्प्युटर व्यवसायी धामी बुधबार धनगढीकै शिवपुरी जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले धामी धनगढी–४ मा रहेको शिवपुरी जंगलमा घोप्टो पल्टिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार घटनास्थल कार्य सकेर धामीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सोमबार साँझदेखि बेपत्ता भएका धामीको खोजीका लागि मंगलबार परिवारले प्रहरीमा निवेदन दिएको थियो । प्रहरीले खोजीका क्रममा धामीको शव जंगलमा भेटाएको थियोे ।

उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।





Read More