― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsअन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ: पुन – KhabarHost

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ: पुन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले २१ फागुनमा तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन्।
  • पुनले हजारौंको बलिदानबाट प्राप्त उपलब्धी संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने बताए।
  • उनले अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रियता पक्षधर शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गरे।

२६ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले तोकिएकै मिति २१ फागुनमा निर्वाचन हुनुपर्ने बताएका छन् ।

स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए ।

हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने  राष्ट्रियता पक्षधर शक्तिहरूबीच एकता र सहकार्य जरुरी रहेकामा जोड दिए ।

‘हजारौंको बलिदानीपछि प्राप्त उपलब्धी खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ । अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व  नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता,  अखण्डताका पक्षधर देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ’, पुनले भने ।

मुलुकको राजनीति अत्यन्तै अस्थिर  र तरल अवस्थामा रहेको र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको पुनले औंल्याए ।

‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चियजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ’, उनले भने । पुनले राजनीतिमा सँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताए ।

०७२ को महाभूकम्प र कोभिड–१९ महाकारीबाट प्रभावित अर्थतन्त्र तङ्ग्रिन खोज्दै गर्दा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फेरि सुस्ततामा गएको उल्लेख गरे ।

आन्दोलनका क्रममा भएको विश्वंशका कारण निजी क्षेत्रको मनोबल गिरेको उनको भनाइ थियो ।

‘भूकम्प र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र तँग्रिन खोजिराखेका बेला भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका विश्वंशहरूले लगानीकर्ताहरूको मनोबल गिरिराखेको अवस्था छ । तँग्रिदै गएको अर्थतन्त्र फेरि सुस्ताएको छ’, पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले भने ।

फरक प्रसंगमा उनले पुस्तापुस्ताबीच विभाजन ल्याउने राजनीतिले मुलुकको हित नगर्ने स्पष्ट गरे ।

‘नयाँ र पुरानो भनेर हुँदैन । जेनजी भनेको पुस्ता हो । त्यो पनि एक दिन पुरानो हुन्छ । मुलुक बनाउने हो भने पुस्ताका बीचमा द्वन्द्व होइन ।  अन्तरघुलन हुनुपर्छ’, उनले भने, ‘पुरानो पुस्ताको अनुभव, बीचको पुस्ताको सन्तुलन र नयाँको जोश जाँगर मिलाएर मुलुक, समाज र पार्टीहरू अगाडि जानुपर्ने हुन्छ ।’

अर्को एक फरक प्रसंगमा उनले विश्व राजनीतिमा नियमबद्ध विश्वव्यवस्था र विचारधारात्मक खेमाबन्दीको नियम तोडिएकाले संसारभर अस्थिरता उत्पन्न भएको तर्क गरे ।

‘पहिला नियमबद्ध विश्वव्यवस्था वा आइडोलीजीकल रुपले खेमाबन्दी हुने विश्वव्यवस्था भनिन्थ्यो । पुँजीवादी देशहरू एकातिर र समाजवादी देशहरू अर्कोतिर विचारधारात्मक रुपले खेमाबन्दी हुन्थ्यो । तर, अहिले के भयो भने विश्वमा कुनै नियम छैन । ठूला र शक्तिशाली देशहरूले जे भन्यो त्यही नै नियम हुनेजस्तो अवस्था छ । वैचारिक रुपले पुँजीवादी बाटो अँगालेका देहशरुका बीचमा पनि मारामार छ । समाजवादी या समाजवाद उन्मुद देशहरूका बीचमा पनि सहकार्य छैन । यस प्रकारले भन्दा विश्व न विचाराधाले चलेको छ न कुनै विश्वसंस्थाहरूको नियमले चलेको छ । न विश्वव्यापी आपसी सम्झौताबाट चलेको छ,’ पुनले भने ।

सूचना प्रविधि र यातायातको सुगमताका कारणले विश्व नै सानो गाउँमा परिणत भएको चर्चा गर्दै उनले संसारको एउटा कुनामा हुने  घटनाबाट अर्को कुनामा रहेको देशको राजनीति र अर्थतन्त्र प्रभावित हुने अवस्था विद्यमान रहेको औंल्याए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More