― Advertisement ―

युक्रेनले रुसले आफ्नो सैन्य सम्पत्तिलाई सुपरचार्ज गर्न सन् २०३५ सम्म करिब १००० उपग्रह तैनाथ गर्ने योजना बनाएको जनाएको छ ।

रसियाली भाषामा अघिल्लो भाषामा छिटो भन्दा छिटो अपेक्षितमस्कोले २०३५ सम्ममा रास्भेटलाई ९२४-स्याटेलाइट नक्षत्रमा विस्तार गर्ने योजना बनाएको छरासभेटले हाल स्टारलिङ्क-स्तर निरन्तर जडानको सट्टा अन्तरिम...
HomeLatest newsएटीएल प्रोडक्सन हाउस र बालकुमारी प्लास्टिक उद्योगलाई वाणिज्य विभागको जरिबाना

एटीएल प्रोडक्सन हाउस र बालकुमारी प्लास्टिक उद्योगलाई वाणिज्य विभागको जरिबाना


राष्ट्रिय

समाचार.

  • सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिबाना गरेको छ।
  • ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ।
  • विभागले काठमाडौं उपत्यकाभित्रका अन्य ८ फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री नगर्न निर्देशन दिएको छ।

२६ पुस, काठमाडौं । सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

शुक्रबार गरिएको बजार अनुगमन क्रममा नियम उल्लंघन गरेको भेटिएपछि ती उद्योगलाई जरिबाना तिराइएको हो।

विभागले ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना गरेको हो ।

जरिबाना गरिएका उद्योग बाहेक विभागले काठमाडौं उपत्यकाभित्रका अन्य ८ व्यावसायिक फर्मलाई पनि सचेत गराएको छ ।

ती फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै, अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

सरकारले वातावरण प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला उत्पादन, आयात र बिक्री वितरणमा पूर्णरोक लगाएको छ ।

विभागले नियमित बजार अनुगमन क्रममा यो नियमको पालना नभएको पाइए कानुन बमोजिम जरिबाना तथा कारबाही गरिने स्पष्ट पारेको छ।





Read More