― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsपूर्वमन्त्री दाहालको निधन – KhabarHost

पूर्वमन्त्री दाहालको निधन – KhabarHost



२६ पुस, काठमाडौं । पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि वीर अस्पताल लैजादै गर्दा दाहालको बाटोमै निधन भएको हो ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुँदैछ । वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति-३, रामपुरमा जन्मिएका दाहालले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि योगदान दिएका थिए ।

पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको कलम चलाएका दाहाल साहित्यकार समेत हुन् ।

पञ्चायतकालमा ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उनी पटक-पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताएका थिए । उनले गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक भएर काम गरेका थिए ।

दाहाल नेपाल २०४९–२०५१ सम्म पत्रकार महासंघको सभापति भएका थिए । उनी प्रेस काउन्सिल नेपालका सदस्य भएर पनि काम गरेका थिए ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजक भएर काम गरेका उनी २०६१ मा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।





Read More