― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsकाठमाडौंको तापक्रम निरन्तर घट्दो, न्यूनतम तापक्रम २.४ डिग्रीमा झर्‍यो

काठमाडौंको तापक्रम निरन्तर घट्दो, न्यूनतम तापक्रम २.४ डिग्रीमा झर्‍यो


राष्ट्रिय

समाचार.

  • काठमाडौंको न्यूनतम तापक्रम २५ पुसमा २.४ डिग्री सेल्सियसमा झरेको छ, जुन यस वर्षकै सबैभन्दा कम हो।
  • देशभर तापक्रम घटिरहेको छ र जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री रहेको छ।
  • तराई क्षेत्रमा हुस्सु/कुहिरोले जनजीवन र यातायातमा प्रभाव पार्ने भएकाले सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

२५ पुस, काठमाडौं । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौंको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौंको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन् । उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन् ।

गएको पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो ।

पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम आज २.४ मा झरेको छ ।

यस्तै, विभिन्न जिल्लामा पनि तापक्रम घटिरहेको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री छ । जुम्लामा बिहीबार माइनस ८.१ सम्म तापक्रम झरेको थियो ।

जोमसोममा आज माइनस पाँच डिग्री रहेको छ भने दोलखाको जिरीमा माइनस २.१ रहेको छ । आज डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको तापक्रम ३.६ डिग्री रहेको छ ।

यस्तो छ मौसमी अवस्था 

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जानकारी दिएको छ ।

आज साँझ जारी बुलेटिनमा कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहेको जनाइएको छ ।

कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने पनि विभागले जनाएको छ ।

देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन र विभागको मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More