― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsअनि प्वाँखका कविताहरू गीत भए… – KhabarHost

अनि प्वाँखका कविताहरू गीत भए… – KhabarHost


राष्ट्रिय

समाचार.

  • सन् २०२२ मा नवीन प्राचीनको कविता सङ्ग्रह ‘प्वाँख’ प्रकाशित भयो जसमा शीर्षकविहीन गहन कविताहरू छन्।
  • आर-शालामा ‘प्वाँख विथ रिदम’ कार्यक्रममा रिदम कँडेलले प्वाँखका कविताहरूलाई गीतमा परिणत गरे।

सन् २०२२ मा एउटा कविता सङ्ग्रह निस्कियो- प्वाँख । नवीन प्राचीनकृत यो सङ्ग्रहमा शीर्षकविहीन कविताहरू छन् । शीर्षक जस्तै यस कविता सङ्ग्रहका कविताहरू हलुका छन् । तर, अत्यन्त गहन छन् ।

त्यसैले त कवि नदीशले ब्लर्बमा लेखिदिए- भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ ।

शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ।

तर, आज आर-शालामा नवीनका प्वाँखका कविताहरू साँच्चै भाग्यमानी सावित भए । ती कविताहरूले प्वाँख पाए । जसको सरासर क्रेडिट जान्छ- रिदम कँडेललाई ।

जो विगतमा कविता वाचनका लागि योग्य संगीत सिर्जनाका लागि चिनिएका थिए । आज उनैले कवितालाई गीत बनाइदिए । गद्य कविताहरूलाई सर्लक्कै रूप बदलेर प्वाँख समान सुन्दर, कोमल र मलायम बनाइदिए ।

कवि नवराज पराजुलीसँग रिदमले निकै लामो सहकार्य गरेका थिए । धेरैजसोमा उनी नेपथ्यमा थिए । आज उनी बाहिर आए । र, ‘रिदम’हरूले मन्त्रमुग्ध गरिदिए ।

कार्यक्रमको टाइटल नै ‘प्वाँख विथ रिदम’ थियो । जुन आफैंमा दीअर्थी थिए । प्वाँखका कविताहरू सांगितिक भए र रिदमसँग प्वाँख । भयो पनि त्यस्तै । समय नै गिन्ती गर्दा रिदमको मात्र प्रस्तुति २० मिनेट पर गएन । तर, त्यसको फ्रेमिङ यसरी भयो कि आर-शालामा आउने जोकोहीले प्वाँखमा गीत बनेका कविताहरू तयार हुँदाको बखतमा पुगे । रिदम स्वयंको यात्राबारे थाहा पाए।

जस्तो,
उनलाई धेरैले सोध्ने उनको नामबारे हो । त्यो नाम उनका काका कृष्ण कँडेलले राखिदिएका थिए । जो रिदमको आजको कार्यक्रममा उपस्थित हुन अष्ट्रेलियाबाट नेपाल आइपुगेका थिए ।

रिदमका गुरु तिलकसिंह पेयला हुन् । जब उनी रिदमबारे केही भन्न अगाडि गए, उनको गला अवरुद्ध भएको थियो । रिदमको सफलतामा थियो त्यो खुसी ।

उनले रिदमलाई एउटा अमूल्य सुझाव दिएका थिए- तिमीले आफ्नो राम्रोभन्दा बढी नराम्रो हेर्नू । साधकहरूले जहिल्यै आफ्नो नराम्रो हेरेर अरूलाई पराजय गर्छन् । पेयलाको गुरुमन्त्र थियो त्यो ।

रिदमको समकालीन उज्ज्वल सागरले आफ्नो सम्बन्धबारे सम्झे । आभासले आफूले जस्तै कवितालाई गीत बनाउने नवपुस्ता आएकोमा खुसी भएको भन्दै प्रशंसा गरे । अनि रैथाने संगीतकार झुमा लिम्बूले कवितालाई गीत बनाउनु नै ठूलो कुरो भएको भनेर प्रशंसा गरिन् ।

त्यसपछि उनलाई विजय बरालले कविता वाचन गरेर स्वागत गरे । र, यसपछि रिदम आफ्नो रिदममा गुञ्जिन थाले । र, २० मिनेटमा उनले जम्मा ५ वटा गीत गाए । ती फरक-फरक स्वादका थिए ।

रिदमले कविताहरूलाई गीत बनाउने रोचक सन्दर्भ सुनाए । अहिले ‘प्वाँख’का कवि नवीन प्राचीन क्यानडामा छन् । एक दिन नवीनले रिदमलाई कविताहरू मेसेन्जर पठाए । रिदम कवि थिएनन् । उनी संगीतकार थिए । उनले गीतहरू पठाउने निधो गरे ।

यो कुरो दुई वर्षअघिको । तर, समय त्यत्तिकै बित्यो । ड्राफ्टहरू बने । रिजल्ट बनेन । हुँदै भएन भनेर रिदम तात्तिए । र, तयार भयो- ‘प्वाँख विथ रिदम’

अनि त प्वाँखका कविताहरू गीत भए ।





Read More