― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsमुन्नाभाइ एमबीबीएसमा उहाँको अभिनयको सँधै प्रशंसक हुँ – KhabarHost

मुन्नाभाइ एमबीबीएसमा उहाँको अभिनयको सँधै प्रशंसक हुँ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाट अविष्मरणीय भएको बताउनुभयो।
  • प्रचण्डले सञ्जय दत्तको फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा अभिनयको प्रशंसा गर्नुभएको छ।
  • सञ्जय दत्तले विहिबार बेलुका खुमलटारमा प्रचण्डलाई भेट्नुभएको थियो।

काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताएका छन् । दत्तसँगको भेटको फोटो सेयर गर्दै उनले कुराकानी निकै रमाइलो भएको बताएका छन् ।

चर्चित बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा आफू दत्तको अभिनयको प्रशंसक रहेको उनले बताएका छन् ।

प्रचण्ड लेख्छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो । ‘मुन्ना भाई एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो । मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ ।’

दत्तले विहिबार बेलुका खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।





Read More