― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsविष्णु र भोजबहादुर ललितपुर मेयर कप ब्याडमिन्टनको अन्तिम आठमा

विष्णु र भोजबहादुर ललितपुर मेयर कप ब्याडमिन्टनको अन्तिम आठमा


राष्ट्रिय

समाचार.

  • ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को पुरुष एकलमा सप्तरीका विष्णु कटुवाल र एपीएफका भोजबहादुर गुरुङ अन्तिम आठमा प्रवेश गरेका छन्।
  • नेपाल पुलिस क्लबका जीवन आचार्य, आर्मीका विधान अधिकारी, एपीएफका क्षितिज खनाल, आर्मीका नरेन्द्र बम, पुलिसका पूर्ण थापा र आर्मीका प्रफुल महर्जनले पनि क्वाटरफाइनलमा स्थान बनाए।
  • यू-१७ महिला एकलमा बालकुमारी रिमिक्सकी सिभिलिका गिरी र बिशेष्ठा खड्काले क्वाटरफाइनल प्रवेश गरिन् र युश्ना महर्जन, सम्बृद्धि श्रेष्ठ, अजरेन्का सेरचन तथा निभा राईले पनि क्वाटरफाइनल यात्रा तय गरे।

२५ पुस, काठमाडौं । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को तेस्रो दिन भएको पुरुष एकल तर्फको खेलमा सप्तरीका विष्णु कटुवाल र एपीएफका भोजबहादुर गुरुङ अन्तिम आठमा प्रवेश गरेका छन् ।

विष्णुले पुलिसका नगेन्द्र लिम्बुलाई १८–२१, २१–१८, २१–१८ ले तथा भोजले पुलिसकै सुनिल जोशीलाई १४–२१, २१–९, २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

यसैगरी पुरुष एकलतर्फ नै नेपाल पुलिस क्लबका जीवन आचार्य, आर्मीका विधान अधिकारी, एपीएफका क्षितिज खनाल, आर्मीका नरेन्द्र बम, पुलिसका पूर्ण थापा र आर्मीका प्रफुल महर्जनले पनि क्वाटरफाईनलमा स्थान बनाए ।

क्वाटरफाइनल प्रवेश गर्ने क्रममा जीवनले आर्मीका अभय महरालाई १४–२१, २१–१६, २१–१८, विधानले एपीएफका देवराज रानालाई १६–२१, २१–१५, २१–१२, क्षितिजले पुलिसका कविर केसीलाई २१–१५, २१–१२, नरेन्द्रले पुलिसका दीपक बहादुर बोहरालाई १९–२१, २३–२१, २१–१७, पूर्णले ओखलढुङ्गाका टिका ध्वज राईलाई २१–१४, २१–१४ र प्रफुलले पुलिसका जोन जसराजलाई २१–३, २१–८ ले पराजित गरे ।

ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको यू-१७ महिला एकल तर्फको खेलमा बालकुमारी रिमिक्सकी सिभिलिका गिरीले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरिन् ।

गिरीले भैंसेपाटी स्पोर्टस् एकेडेमीकी स्विकृती कार्कीलाई १९–२१, २१–१७, २१–९ ले पराजित गरेकी हुन् । यस्तै अर्को खेलमा बालकुमारी रिमिक्सकी बिशेष्ठा खड्काले आर्मीकी युमिका सामपाङ्ग राईलाई २१–१२, २१–९ ले पराजित गर्दै क्वाटर यात्रा तय गरिन् ।

यू-१७ महिलाकै क्वाटरफाईनल यात्रा तय गर्ने अन्य खेलाडीहरुमा बालकुमारी रिमिक्सकी युश्ना महर्जन, आर्मीकी सम्बृद्धि श्रेष्ठ र अजरेन्का सेरचन तथा फिटनेपाल स्पोर्टसेप्लेक्सका निभा राई रहे ।

युश्नाले कपिलबस्तुकी रविना विष्टलाई २१–१२, २१–१०, सम्बृद्धिले देवीनगरकी दिव्यानी आचार्यलाई २१–५, २१–५, अजरेन्काले बालकुमारी रिमिक्सकी रुचिरा बज्राचार्यलाई २१–८, २१–३ र निभाले डियरवाक सिफल स्कुलकी इरादा तिमल्सिनालाई २१–५, २१–१ ले पराजित गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More