― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsनेपाल पुलिस र न्यु डायमन्ड शेरबहादुर खड्का स्मृति महिला भलिबलको फाइनलमा

नेपाल पुलिस र न्यु डायमन्ड शेरबहादुर खड्का स्मृति महिला भलिबलको फाइनलमा


राष्ट्रिय

समाचार.

  • नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
  • नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई र न्यु डायमन्डले एपीएफ क्लबलाई समान ३–२ को सेटमा पराजित गरी फाइनलमा पुगेका हुन्।
  • प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार पाउने छन्।

२४ पुस, काठमाडौं । नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् । दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ को सेटमा पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा प्रहरीले नेपाल आर्मीलाई २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ ले पराजित गर्‍यो ।

अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हरायो । लगातार दोस्रो हारसँगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् ।

यसअघि पुलिसले एपीएफलाई ३–० तथा न्यु डायमन्डले आर्मीलाई ३–० ले पाखा लगाएका थिए ।

पहिलो खेलमा पुलिसकी उषा भण्डारी र दोस्रो खेलमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ दि म्याच’ बन्दै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा शुक्रबार २ खेल हुनेछ ।

पहिलो खेल न्यु डायमन्ड र प्रहरीबीच हुनेछ । यो खेल नै राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ । दोस्रो खेलमा एपीएफले आर्मी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

सहभागी ४ टिममध्ये आर्मीले मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपाल पुलिस क्लब साविक विजेता हो भने न्यु डायमन्ड सातौं संस्करणको विजेत हो । एपीएफ सुरुका ६ संस्करणमा च्याम्पियन बनेको थियो ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ ।

विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More