― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
HomeLatest newsएमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस – KhabarHost

एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस – KhabarHost



२४ पुस, चितवन । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि नेकपा एमालेले चितवन क्षेत्र नं. ३ मा शंकर थपलियालाई उम्मेदवार बनाउने भएको छ ।

एमाले भरतपुर महानगर कमिटीका अध्यक्षसमेत रहेका थपलियालाई चितवन-३ बाट एकल उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष सुदीप रेग्मीले जानकारी दिए ।

क्षेत्रबाट सिफारिस भएर आएका थपलियालाई जिल्ला कमिटीले पनि सर्वसम्मत रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

थपलिया एमाले भरतपुरको दोस्रो कार्यकालका अध्यक्ष हुन् । उनी पटिहानी पर्यटन विकास समितिका अध्यक्षसमेत भैसकेका व्यक्ति हुन् ।

भरतपुर महानगरपालिका-२२ पटिहानी घर भएका थपलियासँगै केन्द्रीय सदस्य पार्वती रावल, क्षेत्रीय अध्यक्ष सुदीप रेग्मी लगायतको नाम उम्मेदवारका रूपमा चर्चामा थियो ।

तर, थपलियाको नाममा सबैले सर्वसम्मति गरेका हुन् । भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका चितवन निर्वाचन क्षेत्र नं. ३ मा पर्दछ ।

चितवन-३ बाट आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट भरतपुर महानगर प्रमुख रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्ष विक्रम पाण्डे चुनाव लड्ने चर्चा छ । पाण्डेले २०७९ को निर्वाचन यहीँ क्षेत्रबाट जितेका थिए ।

यसअघि नै एमालेले चितवन क्षेत्र नं. १ मा ६ जनाको नाम सिफारिस गरिसकेको छ । क्षेत्र नम्बर २ मा भने उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More