― Advertisement ―

चिनियाँ वैज्ञानिकहरूले सबै चीज वास्तविक मेसिनमा सार्नु अघि भर्चुअल लाइट कम्प्युटर भित्र एआई चलाए

अप्टिकल लाइटको जटिल प्रक्रियाको सट्टा प्रयोग गर्दछ डाटा।डिजिटल जुम्ल्याहाले साझा अप्टिकल हार्डवेयरको लागि लामो पर्खाइलाई हटाउँछ।भर्चुअल अप्टिकल प्रणालीहरूले उल्लेखनीय सटीकताका साथ वास्तविक हार्डवेयर प्रतिबिम्बित...
HomeLatest newsम्यान्चेस्टर सिटी बराबरीमा रोकियो, फुलहमसँग चेल्सीको हार – KhabarHost

म्यान्चेस्टर सिटी बराबरीमा रोकियो, फुलहमसँग चेल्सीको हार – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी ब्राइटनसँग १-१ बराबरीमा रोकिएको छ।
  • चेल्सी फुलहमसँग २-१ गोलअन्तरले पराजित भएको छ र १० खेलाडीमा सीमित भएको थियो।
  • बराबरीपछि सिटीको २१ खेलबाट ४३ अंक भएको छ भने फुलहम ३१ अंकसहित नवौं स्थानमा उक्लिएको छ।

२४ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटी ब्राइटनसँग १-१ बराबरीमा रोकिएको हो ।

खेलको ४१औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा ब्राइटनका काउरो मितोमाले बराबरी गोल गरे ।

त्यसपछि थप गोल नहुँदा सिटी फेरि पनि १ अंकमै खुम्चियो । यो सिटीको लगातार तेस्रो बराबरी हो ।

बराबरीपछि सिटीको २१ खेलबाट ४३ अंक भएको छ । दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाउन सकेको छैन । एक खेल कम खेलेको आर्सनलको ४८ अंक छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सी फुलहमसँग पराजित भएको छ । १० खेलाडीमा सीमित चेल्सीलाई फुलहमले २-१ गोलअन्तरले हराएको हो ।

२२औं मिनेटमा मार्क कुकुरेलाले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

५५औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ७२औं मिनेटमा लियाम डेलापले चेल्सीका लागि बराबरी गोल फर्काए ।

८१औं मिनेटमा ह्‍यारी विल्सनले गोल गर्दै फुलहमलाई जित दिलाए ।

जितपछि फुलहम २१ खेलमा ३१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएको चेल्सी आठौं स्थानमा झरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More