― Advertisement ―

4TB Acer Predator GM6 SSD अमेजनको टेक हप्ता बिक्रीमा £320 भन्दा कम छ

यदि तपाइँ केहि छिटो र फराकिलो संग आफ्नो भण्डारण विस्तार गर्ने बारे सोच्दै हुनुहुन्छ भने, एक उत्कृष्ट विकल्प हो Acer Predator GM6 4TB SSD,...
Homeअब जेनजी र दलहरू बसौं – KhabarHost

अब जेनजी र दलहरू बसौं – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन्।
  • प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन्।
  • उनले जेनजी घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत जुटाउँदा समय लागेको खुलाइन्।

४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन् । मंगलबार वालुवाटारमा जारी दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन् ।

दलहरूले राखेको चुनावको चासोपछि जवाफ दिंदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ।’

साथै प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन् । ‘चुनाव गराउन सरकार कटिबद्ध छ,’ उनले भनिन्, ‘ यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’

यस्तै प्रधानमन्त्री कार्कीसँग दलहरूले संवादमा ढिलाइ किन भन्ने प्रश्‍न गरेका थिए भने जवाफमा प्रधानमन्त्रीले जेनजी घाइतेहरूको उपचार र शहीदका शव व्यवस्थापन तथा परिवारका लागि राहत जुटाउँदा समय लागेको बताइन् ।

उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो।सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन।’

उनले चुनाव सफल बनाउन र दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेकोसमेत स्पष्ट पारिन्। ‘ जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ,’ उनले भनिन्, ‘ यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More