― Advertisement ―

सामसुङले प्राइम डेलाई ठूलो टिभी बिक्रीको साथ पञ्चमा पछाडी दियो – सबैभन्दा बढी बिक्रि हुने 4K, QLED र OLED टिभीहरूमा $१,५०० सम्म छुट

साप्ताहिक समाचारपत्रहरू दैनिक समाचार, साप्ताहिक सम्झौता र हप्ताका शीर्ष प्राविधिक कथाहरू प्राप्त गर्नुहोस् टिप्पणी पहुँच वार्तालापमा सामेल हुनुहोस्, आफ्नो विचार साझा गर्नुहोस् र विशेषज्ञ सल्लाह...
Homeलघुवित्तको नाफा ७७ प्रतिशतले बढ्यो – KhabarHost

लघुवित्तको नाफा ७७ प्रतिशतले बढ्यो – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चालु आर्थिक वर्षको भदौसम्ममा लघुवित्त संस्थाहरूले एक खर्ब ३ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छन्।
  • लघुवित्तले भदौसम्ममा १० अर्ब २१ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी र ५ अर्ब १६ करोड ८० लाख रुपैयाँ ब्याज खर्च गरेको छ।
  • लघुवित्तमा निष्क्रिय सदस्य संख्या ७ लाख ९८ हजारबाट ७ लाख ९१ हजारमा घटेको छ भने ओभर ड्यू ऋणी संख्या ९ लाख ९ हजारबाट ७ लाख ५३ हजार पुगेको छ।

४ कात्तिक, काठमाडौं। चालु आर्थिक वर्षमा लघुवित्त क्षेत्रमा सुधार आउने संकेत देखिएको छ । लघुवित्तहरूले कर्जा लगानीसँगै खुद नाफामा समेत सुधार आएको हो ।

चालु आर्थिक वर्षको दुइ महिना अर्थात भदौसम्ममा लघुवित्त संस्थाहरूले एक खर्ब ३ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छन् । यो नाफा साउन महिनाको तुलनामा ७७ प्रतिशतले धेरै हो।

चालु आर्थिक वर्षको साउन महिनामा ५८ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको थिए । गत आर्थिक वर्षको भदौसम्म लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५९ करोड मात्रै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको सो अवधिमा लघुवित्तले १० अर्ब २१ करोड ६० लाख रुपैयाँ बरारब ब्याज आम्दानी गरेका छ । सो अवधिमा लघुवित्तको ब्याज खर्च ५ अर्ब १६ करोड ८० लाख रुपैयाँ रहेको छ।

चालु आवका भदौसम्ममा लघुवित्तको ब्याज आम्दानी सुधार आएपछि खुद नाफा बढेको केन्द्रीय बैंकले जनाएको छ । यो अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सञ्चालन आम्दानी भने सुन्य छ।

चालु आवको भदौसम्ममा रहेका ५२ लघुवित्त वित्तीय संस्थाहरूले ३ अर्ब ६४ करोड ९० लाख रुपैयाँ जोखिम व्यवस्थाका लागि छुट्याएका छन्। यो रकम साउन महिनाको तुलनामा ६० प्रतिशतले धेरै हो । साउन महिना लघुवित्तहरूले २ अर्ब २७ करोड रुपैयाँ छुट्याएका थिए।

चालु आर्थिक वर्षको भदौसम्ममा लघुवित्त निष्क्रिय समुहको संख्या ३८ हजार ३ सय ३२ रहेको केन्द्रीय बैंकले जनाएको छ । कोरोना महामारी र आर्थिक मन्दीका कारण अर्थतन्त्रको असर लघुवित्तमा पनि देखिएको थियो।

लघुवित्तमा दोहोरो सदस्यता, बैंक वित्तीय संस्थाकै ऋणीले कर्जा लिएको लगाउका समस्याले लघुवित्त क्षेत्र नै जोखिम देखिएका थियो। त्यसपछि केन्द्रीय बैंकले लघुवित्त क्षेत्रलाई सुधार गर्दै अघि बढाउने गरी अध्ययन गर्‍यो। उक्त अध्ययन प्रतिवेदनको कार्यन्वयन सुरु भएको पनि करिब डेढ वर्ष पुगेको छ। त्यसको असर स्वरप पनि लघुवित्त वित्तीय संस्थाहरुमा केही सहज स्थिती देखिएको हो।

सोथै बैंकिङ प्रणालीमा घट्दो ब्याजदर र कर्जाको न्यून मागको फाइदा लघुवित्त क्षेत्रमा भएको छ । लघुवित्तले सस्तो सापट लिइ कर्जा लगानी गर्ने भएकाले पनि तुलनात्मक रुपमा न्यून वित्तीय प्रणाली ब्याजदर र अधिक तरलता भएको अवस्थामा लघुवित्तलाई फाइदा हुन्छ ।

चालु आवको भदौसम्ममा निष्क्रिय सदस्यको संख्या पनि कमप् आएको छ । चालु आवको साउन ७ लाख ९८ हजार रहेको निष्क्रिय सदस्यको संख्या भदौसम्म आइपुग्दा ७ लाख ९१ हजारमा झरेको छ। तर, समयमा कर्जाको सावा ब्याज भुक्तानी नगर्ने ऋणीको संख्या भने बढेको छ । चालु आवको साउनमा ९ लाख ९ हजार रहेको ओभर ड्यू ऋणीको संख्या भदौमा ७ लाख ५३ हजार पुगेको छ ।

चालु आवको भदौसम्ममा लघुवित्त वित्तीय संस्थाका बचत सदस्य संख्या ६२ लाख ५७ हजार रहेको छ । यो अवधिमा सम्ममा लघुवित्तमा कुल २ खर्ब ३८ करोड ४० लाख रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More