― Advertisement ―

चाइना-नेक्सस साइबर एक्टरहरू ‘राउटरहरू र IoT पूर्वाधारलाई ‘स्केलमा’ गोप्य बोटनेटमा परिणत गर्दैछन् – NCSC, फाइभ आइज, र अन्यले टाइफुन-निर्धारित समूहहरू समावेश गर्ने अभियानको चेतावनी...

चिनियाँ राष्ट्रहरूबाट संयुक्त राष्ट्र युद्धको सिफारिस गर्ने समूहहरू हुन्। सम्झौता IoT र SOHO यन्त्रहरूको ठूला बोटनेटहरू प्रयोग गर्दै।यी गुप्त नेटवर्कहरूले आक्रमणकारीहरूलाई तिनीहरूको स्थान लुकाउन,...
Homeसर्वदलीय बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकियो

सर्वदलीय बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकियो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा दलका नेताहरूले चुनावी सुरक्षाबारे धारणा राखे।
  • सरकारका प्रवक्ता जगदीश खरेलले सबै दलले निर्वाचनमा जाने सहमति देखाएको र सुरक्षाको वातावरण बनाउनुपर्ने चासो राखेको बताए।
  • एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको नेताहरूले उल्लेख गरे।

४ कात्तिक, काठमाडौं। सर्वदलीय बैठकमा दलका नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार दलका नेताहरूले पालैपालो आफ्नो धारणा राख्ने क्रम सकिएको हो ।

हालसम्म बोल्ने नेताहरूमा एमालेका शंकर पोखरेल, माओवादीका पम्फा भुसाल, नेमकिपाका प्रेम सुवाल रहेका छन् ।

कांग्रेसका गगन थापा, रास्वपाका स्वर्णिम वाग्ले, नाउपाका रेशम चौधरी पनि बोलेका छन्।

जसपा नेपालका उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, जनमतका चन्दन सिंह र राप्रपाका राजेन्द्र गुरुङले धारणा राखेका छन् । दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ ।

मन्त्री खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेका छन् ।’

निर्वाचनमा जाने कुरामा भने सबैको सहमति देखिएको छ।

नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More