― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsपृथ्वी जयन्तीको निम्तो दिन देउवाकहाँ पुगे लिङ्देन

पृथ्वी जयन्तीको निम्तो दिन देउवाकहाँ पुगे लिङ्देन



२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर दे‍उवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट वार्ता भएको छ । देउवालाई भेट्न लिङ्देन उनको निवास पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठलाई साथमै लिएर पुगेका हुन् ।

लिङ्देन दिउँसो अपराह्न ४ बजे देउवा निवास महाराजगञ्ज पुगेका थिए । उनीहरूबीच आधा घण्टा छलफल भएको राप्रपाको प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भयो,’ उनले भने, ‘पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुग्नुभएको हो ।’ राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।

उनीहरूबीच आसन्न प्रतिनिधि सभा र पछिल्लो राजनीतिक गतिविधिबारे छलफल भएको उनको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More