― Advertisement ―

‘हामीलाई हाल अपहरण गरिएको छ’ – क्रिप्टो विशाल क्र्याकेन भन्छन् कि यो जबरजस्ती हमलाको सामना गरिरहेको छ, यहाँ हामीलाई थाहा छ

क्रेकेन लेसको भित्री समर्थन प्रणाली अनुहार भिडियोहरूलगभग 2,000 ग्राहक खाताहरू सम्भावित रूपमा हेरिएका छन्, कुनै रकमको उल्लंघन छैनकम्पनीले भुक्तानी गर्न अस्वीकार गर्‍यो, दोषी पहिचान...
HomeLatest newsनिधिमाथि भएको दुर्व्यवहारप्रति विशेष महाधिवेशन पक्षधरको आपत्ति

निधिमाथि भएको दुर्व्यवहारप्रति विशेष महाधिवेशन पक्षधरको आपत्ति



२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

सचिवालयले बुधबार वक्तव्य जारी गरेर नेता निधिमाथि केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकमा सहभागी हुन जाने क्रममा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो ।

‘नेपाली काग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री आदरणीय नेता विमलेन्द्र निधिज्यूलाई नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपाको परिसरमा भएको अपमानजनक कियाकलापको घोर भर्त्सना गर्दछौं,’ नेता मनोजमणि आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सचिवालयले घटनामा विशेष महाधिवेशन पक्षधरहरूको संलग्नता रहेको भनेर गलत किसिमको प्रसार गरिएकोप्रति पनि आपत्ति जनाएको छ ।

‘घटना हुनुभन्दा अगावै ११ः३५ बजे विशेष महाधिवेशन सचिवालयबाट पार्टी कार्यालयमा हाम्रो कार्यक्रम नभएको स्पष्ट पारिसकिएको अवस्थामा समेत पुनः गलत प्रसारप्रसार भएको हुँदा सो सम्बन्धमा हाम्री कुनै संलग्नता नरहेको र आगामी दिनमा समेत त्यस्तो किसिमको कुनै पनि हुलहुज्जत गर्ने तथा प्रर्दशन गर्ने कार्यक्रम नरहेको ब्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्दछौं,’ वक्तव्यमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More